STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

निर्देशक मदन घिमिरेको'एक्टर’को चिरी च्याटट् बरिलै

Janjati Khabar – विजयरत्न असंबरे | २०८१ पौष २, मंगलबार

अहिले नेपाली चलचित्र बजारमा " एक्टर ” शिर्षकमा दुइ वटा चलचित्र प्रकाशमा अाउने भएको छ । ती मध्ये अभिनेता प्रदिप खडका को " एक्टर - टेक वन " माघ १६ गते प्रदर्शन हुने भनिएको छ भने अर्को निर्देशक मदन घिमिरेको " एक्टर" भने माघ ४ गते प्रदर्शन हुने भएको छ ।  प्रदर्शन मिति नजिकींदै गएसंगै चलचित्र ‘एक्टर’ को प्रचार, प्रसारलाई निर्माण पक्षले तिब्रता दिएको छ । यसै सिलसिलामा आगामी माघ ४ गतेबाट देशभर एक साथ प्रदर्शनमा आउने चलचित्र ‘एक्टर’ को रोमान्टिक गीतको भिडियो ओएसआर डिजिटल मार्फत सार्वजनिक गरेको छ । रिता रायमाझीको शब्द, मनोहरी थापा र सुनिता कार्कीको स्वर रहेको गीतका संगीतकार सम्राट थापा हुन् । भिडियोमा नायक प्रिन्स थापा र कविता नेपालीलाई मुख्य भुमिकामा देखाईएको छ । 

नेपाल डाइस्पोरा इन्टरटेनमेन्टको प्रस्तुति रहेको ‘एक्टर’ आधुनिक परिवेश, प्रेम, रोमान्स, थ्रिलर्स सस्पेन्सले भरिपूर्ण मनोरञ्जक चलचित्र बनेको निर्माता मनोहरी थापाले बताए ।

चलचित्र ‘एक्टर’ मा प्रिन्स थापा, शिवानी गीरी, कशिस दाहाल, कृष्ण मल्ल, सरोज खनाल, शिबु शाह, निशा केसी भण्डारी, महेन्द्र मैनाली लगायतका कलाकारको अभिनय छ भने चलचित्रमा सम्राट थापाको कथा तथा संगीत रहेको छ । यसमा सम्राट बस्नेतको द्वन्द्व, माइकल चन्दको नृत्य, युवराज राई र डम्बर राईको छायाँकन, मदन घिमिरेको निर्देशन रहेको छ ।

 

Categorized in साहित्य-कला