अमेरिकामा प्रतिबन्धअघि नै टिकटक बन्द
Janjati Khabar – Janjati Khabar | २०८१ माघ ६, आइतबार
एजेन्सी - अमेरिकामा प्रतिबन्ध लागु हुनुभन्दा केही घण्टाअघि नै सामाजिक सञ्जाल एप टिकटक बन्द गरिएको छ । अमेरिकी प्रयोगकर्ताले टिकटक खोल्दा ‘तपाईंले टिकटक प्रयोग गर्न सक्नु हुन्न’ भन्ने सन्देश देखिरहेका छन् ।
यसको पछाडि एपले प्रतिबन्ध लगाउने अमेरिकी कानुनलाई उद्धृत गरेको छ । धेरै प्रयोगकर्ताले गुगल एप स्टोरबाट टिकटक हटाइएको र टिकटक डटकममा भिडियोहरू पनि नदेखिएको बताए ।
टिकटकले भनेको छ, “हामी भाग्यमानी छौँ कि ट्रम्पले पदभार ग्रहण गरेपछि टिकटक पुनः सुरु गर्ने समाधानमा हामीसँग काम गर्ने संकेत गरेका छन् ।”
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकलाई प्रतिबन्धबाट ९० दिनसम्म छुट दिन सक्ने बताएका छन् ।
अमेरिकी सर्वोच्च अदालतले शुक्रबार टिकटकमाथि प्रतिबन्ध लगाउने कानुनको पक्षमा फैसला गरेको थियो ।
Categorized in विज्ञान-प्रविधि

