STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

आशिका तामाङ काठमाडौंबाट १० हजार धरौटीमा रिहा

Janjati Khabar – Janjati Khabar | २०८१ माघ १४, सोमबार

आफूलाई अभियन्ता बताउने आशिका तामाङलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले १० हजार धरौटीमा रिहा गरेको छ। 

गौशालाका प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेकी तामाङ १० हजार धरौटीमा रिहा भएको जिल्ला प्रहरी परिसर काठमाडौंकी प्रवक्ता डिएसपी पूर्णिमा चन्दले जानकारी दिइन्।

तामाङ माघ २ गते पक्राउ परेकी थिइन्। उनले धरौटी बुझाएपनि प्रहरीले उनलाई पुन: पक्राउ गरी जिल्ला प्रहरी परिसर भक्तपुरमा बुझाउने भएको छ।

उनीविरूद्ध भक्तपुर परिसरमा आपराधिक उपद्रवको कसुरमा मुद्दा छ। उनले केही समयअघि साँगाको झोलुंगे पुलमा अवरोध पुर्‍याएको, स्थानीय पालिकाले राखेको सूचना च्यातेको भन्दै सूर्यविनायक नगरपालिकाले प्रहरीमा जाहेरी दिएको थियो। भक्तपुर प्रहरी प्रवक्ता डिएसपी ढुण्डिराज न्यौपानेका अनुसार उनलाई पक्राउ गर्न प्रहरी वृत्त गौशालालाई पत्राचार गरिएको छ।

‘हामीले गौशाला वृत्तलाई पक्राउ गरी बुझाइदिन भनेर पत्राचार गरेका छौं। यहाँबाट थप अनुसन्धान हुन्छ,’ उनले भने।

Categorized in राष्ट्रिय