STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

आशिका तामाङविरुद्ध अदालतमा मुद्दा दर्ता

Janjati Khabar – Janjati Khabar | २०८१ माघ १५, मंगलबार

काठमाडौँ - आशिका तामाङविरुद्ध भक्तपुर जिल्ला अदालतमा आपराधिक उपद्रवसम्बन्धी कसुरमा मुद्दा दायर गरिएको छ । प्रहरी वृत्त जगातेको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिलले अदालतमा अभियोगपत्र दायर गरेको हो ।

मंगलबार उनीविरुद्ध बयान र थुनछेक भएन । शुक्रबार उनलाई बयान र थुनछेकको लागि अदालतमा उपस्थित गराइने जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ। 

आशिका सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले तोकेको धरौटी बुझाएर छुटेपछि पुनः पक्राउ परेकी थिइन् । उनीविरुद्ध प्रहरी वृत्त जगातेमा आपराधिक उपद्रव गर्न नहुने कसुरमा जाहेरी दर्ता भएको थियो ।

साँगास्थित झोलुंगे पुलमा प्रवेश गर्नेहरुसँग सूर्यविनायक नगरपालिकाले २० रुपैयाँ कर संकलन गर्दै आएको थियो । आफूलाई अभियन्ता दाबी गर्ने तामाङले कर लिने निर्णयको विरोध गर्दै कर्मचारीहरूबाट रसिद खोसेर जलाएको आरोप छ । सूर्यविनायक नगरपालिकाले त्यसबारे अनुसन्धान गर्न भन्दै प्रहरीमा जाहेरी दिएको थियो ।

Categorized in राष्ट्रिय