STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अब सवारीसाधनबाट सडकमा फोहोर फ्याँके जरिवाना गर्ने तयारी

Janjati Khabar – Janjati Khabar | २०८१ चैत्र ३, आइतबार

काठमाडौँ - अब सवारी साधनबाट सडकमा फोहोर फ्याँकेमा यात्रु, चालक तथा सहचालकलाई जरिवाना लाग्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी तथा यातायातको व्यवस्था गर्न बनेको विधेयक २०८१ को मस्यौदामा यस्तो सजायको व्यवस्था गरेको हो । 

यसअघि यस्तो व्यवस्था थिएन । अब भने सवारी साधनबाट फोहोर सडकमा फ्याँकेमा फ्याँक्ने व्यक्तिलाई एक हजार रुपैयाँ जरिवाना लाग्ने व्यवस्था गरेको छ । 

साथै धूम्रपान गर्दै सवारी चलाएमा चालकलाई एक हजार जरिवाना लाग्ने प्रस्तावित विधेयकमा उल्लेख छ । यसै गरी मोबाइल फोन प्रयोग गर्दै सवारी चलाए पनि एक हजार रुपैयाँ जरिवाना हुने व्यवस्था गरेको छ । 

Categorized in राष्ट्रिय