relans
ni new 83
nib 2082 5

अमेरिकाले दुई महिनामा गर्‍यो ३०० भन्दा बढी विद्यार्थी, पर्यटकको भिसा रद्द र निष्कासन

Janjati Khabar – Janjati Khabar | २०८१ चैत्र १७, आइतबार

काठमाडौं - अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आफूले पदभार ग्रहण गरेपश्चात् अनुमानित ३०० भन्दा बढी विद्यार्थी, पर्यटक र अरू व्यक्तिको भिसा रद्द गरी निष्कासन गर्ने पत्रमा हस्ताक्षर गरेको बताएका छन् ।

द न्युयोर्क टाइम्सका अनुसार, ती व्यक्तिहरूलाई उनीहरूको विदेश नीति प्रतिकूल धारणा राख्दा वा आपराधिक गतिविधिका कारण निष्कासन गरिएको हो । जनवरीको अन्त्यमा पदभार सम्हालेपछि उनले दैनिक रूपमा भिसा रद्द गर्ने पत्रमा हस्ताक्षर गर्दै आएको न्युयोर्क टाइम्सले जनाएको छ ।

विदेशमन्त्री रुबियोले बिहीबार सञ्चारकर्मीसित भने, “यदि, कसैले हाम्रो विदेश नीति वा राष्ट्रिय हितविरुद्धको गतिविधि गरिरहेका छन् भने उनीहरूको भिसा रद्द गरिनेछ ।”

अमेरिकामा आपराधिक आरोपित व्यक्तिहरूले स्वचालित रूपमा आफ्नो भिसा गुमाउँछन् । ग्रीन कार्ड समेत खोसेर निष्कासन गरिन्छ ।

न्युयोर्क टाइम्सका अनुसार, आपराधिक आरोप लागेको थाहा पाएमा तत्काल प्रवेश भिसा रद्द गरिन्छ ।

यसैबीच, विदेशमन्त्रीले गृह सुरक्षा विभागलाई अमेरिकी विदेश नीतिविरुद्ध गतिविधि गरेको आरोपमा विद्यार्थी वा भर्खरै स्नातक भएकाहरूलाई नजरबन्द गरी निष्कासन गर्न निर्देशन दिएको न्य्योर्क टाइम्सले जनाएको छ ।

Categorized in अन्तर्राष्ट्रिय
ppp 2