STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

चर्चित सिनेमाटोग्राफर पुरुषोत्तम प्रधानले दिए ६० वटा स्कृप्ट

Janjati Khabar – विजयरत्न असंबरे | २०८२ श्रावण ५, सोमबार

नेपाली चलचित्र उद्योगका प्रख्यात सिनेमाटोग्राफर, निर्माता तथा निर्देशक पुरुषोत्तम प्रधानले सोमबार चलचित्र विकास बोर्डलाई एकैपटक आफुले काम गरेका ६० वटा चलचित्रहरूका  पटकथा (स्क्रिप्ट) औपचारिक रूपमा हस्तान्तरण गरेका छन्। 

यस अवसरमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले पुरुषोत्तम प्रधानको यो योगदानलाई "नेपाली चलचित्रको समृद्ध इतिहास संरक्षणको लागि अमूल्य उपहार" भनेर सम्मान गरे। उनले भने, "पटकथा नै चलचित्रको आत्मा हो। यी स्क्रिप्टहरू संरक्षित गर्नाले भविष्यका चलचित्रकर्मीहरूका लागि प्रेरणा र शोधको स्रोत बनेको छ।" 

हस्तान्तरित गरिएका प्रमुख चलचित्रहरू: 

- छक्का पञ्जा शृङ्खला (छक्का पञ्जा, छक्का पञ्जा ३) 

- कबड्डी शृङ्खला (कबड्डी, कबड्डी २, कबड्डी ३) 

- लुट शृङ्खला (लुट, लुट २) 

- नाई नभन्नु ल शृङ्खला (नाई नभन्नु ल २, नाई नभन्नु ल ४, नाई नभन्नु ल ५) 

- लप्पन छप्पन शृङ्खला (लप्पन छप्पन, लप्पन छप्पन २) 

अन्य चर्चित चलचित्रहरू: 

दासढुङ्गा, झोले, ड्रिम्स, राजा रानी, जय भोले, मायाज् वार  कृ, फिटकिरी, उमा, प्रेमगीत २, तान्द्रो, होमवर्क, , थ्रि लभर, कमला, सिग्नेचर , जय होस्, ऐँचो-पैँचो, छ एकान छ, द विनर , मेरी मञ्जु,  महाजात्रा , लक्का जवान, मेरो एउटा साथी छ, आई एम सरी , रातो टिका निधारमा, चपली हाइट ३, इकु, कान्छी, कार्साङ लगायत चलचित्रहरूका साथै लघुचलचित्रहरु सहकारी, जुनेली र अन्तर्राष्ट्रिय पुरस्कार विजेता क्वीनस् अवार्ड विनिगं ईन सिनेमाटोग्राफि को स्क्रिप्ट पनि हस्तान्तरण गरेका छन्। 

चलचित्र विकास बोर्डले प्रधानको योगदानलाई"  नेपाली चलचित्र जगतको दिर्घकालीन हितको एक महत्वपुर्ण कदम " भनेर उल्लेख गरेको छ। बोर्डले सम्पूर्ण चलचित्रकर्मीहरूलाई आह्वान गर्दै भनेको छ, "तपाईंहरूका मौलिक स्क्रिप्ट, दस्तावेज र कलाकृतिहरू संरक्षण गर्न चलचित्र विकास बोर्डमा योगदान पुर्याउनुहोस्। यसले नेपाली चलचित्रको विरासतलाई अमर बनाउनेछ।" 

पुरुषोत्तम प्रधान नेपाली चलचित्र उद्योगमा ३० वर्ष देखि सक्रिय छन्। उनी विजिलान्ते (नेपालको पहिलो पूर्ण थ्रिडी चलचित्र) जस्ता चर्चित चलचित्रहरूका सिनेमाटोग्राफर हुन् भने हाल निर्माता, निर्देशक र प्रविधिक विशेषज्ञको रूपमा पनि सक्रिय छन्।

Categorized in सिनेमा