STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

“साँच्चै पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने हो भने हामी सच्चिन जरुरी छ” – एमाले युवा नेता डा. सुरेन्द्र मानन्धर

Janjati Khabar – ललेन्द्र शाक्य | २०८२ श्रावण ७, बुधबार

एमालेका युवा नेता डा. सुरेन्द्र मानन्धरको सुझाव अध्यक्ष ओलीलाई

नेकपा एमालेका केन्द्रीय सुदस्य युवा नेता एवं कानूनविद् डा. सुरेन्द्र मानन्धरले पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली लगायत अन्य नेताहरुलाई सुझाव पेश गर्नुभएको छ ।
नेकपा एमाले केन्द्रीय कमिटीको नवौं बैठकका सन्दर्भमा युवा नेता डा. मानन्धरले उक्त सुझाव पेश गरेका हुन् ।

युवा नेता डा. मानन्धरले पार्टी अध्यक्ष लगायत अन्य नेताहरुलाई सम्बोधन गर्दै विभिन्न सुझावहरु प्रस्तुत गर्नुभएको थियो ।

प्रस्तावित विधान संशोधनका सम्बन्धमा युवा नेता डा. सुरेन्द्र मानन्धरले धारा २३ को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषदको काम र अधिकार स्पष्ट उल्लेख हुनुपर्ने धारणा राख्दै धारा २६ नेपालको संविधानको धारा २२० ले नै जिल्लालाई समन्वय समिति कायम गरिसकेको अवस्थामा संविधान बमोजिम पार्टीको जिल्ला कमिटीलाई समन्वय कमिटीमा रुपान्तरण गरी निर्वाचन क्षेत्रीय कमिटीलाई कार्यकारी कमिटी बनाउनु उचित हुने विचारका साथ सुझाव दिएका थिए ।

यस्तै, नेतृत्व उमेर हदका सम्बन्धमा पुँजीवादी मुलुक अमेरिकामा हाल सन् १९४६ जुन १४ मा जन्मिएका ७९ बर्षका डोनाल्ड ट्रम्प राष्ट्रपति भइरहेकाृ र समाजवादी मुलुक भनिएको चीनमा सन् १९५३ जुन १५ मा जन्मिएका ७२ वर्षीय सी जीन पिङ राष्ट्रपति भइरहेको साथै भारतमा सन् १९५० सेप्टेम्बर १७ मा जन्मिएका ७४ वर्षीय नरेन्द्र मोदी प्रधानमन्त्री भइरहेको उदाहरणका साथ युवा नेता डा. सुरेन्द्र मानन्धरले यस्ता प्राविधिक कुरामा विवाद गरेर समय बर्बाद नगरौं भन्ने विचारका साथ सुझाव राख्नुभएकोथियो ।

युवा नेता डा. मानन्धरले विधान महाधिवेशन नीति महाधिवेशन पनि हो भन्दै नेपालको संविधानको भावना बमोजिम राजनैतिक व्यवहार गर्ने काममा नेकपा एमाले अब्बल देखिन आवश्यक भएकोले कुनै पनि किन्तु परन्तुको बहानामा पूर्व राष्ट्रपतिको पार्टी राजनीतिमा प्रवेश स्वीकार्य हुँदैन भन्ने विचार केन्द्रीय कमिटीको नवौं बैठकमा सुझावका साथ राख्नुभएको थियो ।

 “कुनै पनि किन्तु परन्तुको बहानामा पूर्व राष्ट्रपतिको पार्टी राजनीतिमा प्रवेश स्वीकार्य हुँदैन, पूर्व राष्ट्रपतिलाई राजनीतिमा सक्रिय गराएर नेपाली जनता, संघीय लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानको मर्म र भावनालाई खेलवाड गर्न हुँदैन ।”
युवा नेता डा. मानन्धर भन्नु हुन्छ, “पूर्व राष्ट्रपतिलाई राजनीतिमा सक्रिय गराएर नेपाली जनता, संघीय लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानको मर्म र भावनालाई खेलवाड गर्न हुँदैन ।”

नेपाली विशेषता सहितको समाजवादको बुझ्न सकिने मोडालिटी के हो ? भन्ने विषयमा त्यो तयार पार्नु पर्छ भन्दै युवा नेता डा. सुरेन्द्र मानन्धरले समृद्ध हुनु नै समाजवाद हाइन र हाम्रो आम राजनैतिक चरित्र, स्वभाव र कार्यशैली समाजवादी छ कि दलाल पुँजीवादी छ ? भन्दै प्रश्न राख्नु भएको थियो । उहाँले हाम्रो व्यवहार र जीवनशैली पारदर्शी बनाउन नसक्दा जनता र हामीबीच दूरी बढ्दै गएको छ भन्ने तर्क रुपी विचार पनि राख्नु भएको थियो ।

नेकपा एमाले केन्द्रीय कमिटी सदस्य डा. सुरेन्द्र मानन्धरले भ्रष्टाचार तथा राजनीतिमा अपराधीकरण र अपराधमा राजनीतिकरणले गर्दा आधारभूत कार्यकर्ता र जनतामा चरम र डरलाग्दो निराशा बढ्दै गएको छ भन्दै भन्नु हुन्छ, “संविधानकोमर्म बमोजिम तीनै तहको सरकारलाई थप प्रभावकारी बनाई जनतामा आशा जगाउन अब यो भन्दा ढिला गर्नु हुँदैन । साँच्चै पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने हो भने हामी सच्चिन जरुरी छ । हामी अहिले सच्चिन नचाहने अनि सकिन पनि तयार नहुने मानसिक दोधारमा छौं । यसलाई कुनै हालतमा पनि बदल्नु पर्छ ।”

Categorized in राजनीति