STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कान्समा जूरी प्राइज विजेता 'एलिफेन्ट्स इन द फग' लाई सरकारद्वारा पुरस्कृत गर्ने

Janjati Khabar – विजयरत्न असंबरे | २०८३ जेठ ११, सोमबार

अन्तर्राष्ट्रिय रुपमा  प्रतिष्ठित ७९औँ कान्स फिल्म फेस्टिभलको 'अन सर्टेन रिगार्ड' विधामा ऐतिहासिक 'जुरी प्राइज' जित्न सफल नेपाली चलचित्र 'एलिफेन्ट्स इन द फग' (तिनीहरू) को टोली साेमबार  नेपाल आइपुगेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निर्देशक अविनाश विक्रम शाह र मुख्य अभिनेत्री पुष्पा थिङ लामासहितको टोलीलाई  स्वागतका लागि सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमल्सिना, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री गणेश पौडेल, र चलचित्र विकास बोर्डका अध्यक्ष दिन्श डिसी लगायत विभिन्न फिल्मी संघसंस्थाका प्रतिनिधिहरू विमानस्थल पुगेका थिए।

त्यस अवसरमा सञ्चार मन्त्री तिमल्सिनाले चलचित्र विकास बोर्डको तर्फबाट तत्काल २ लाख ५० हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने घोषणा गरे। 

अन्तर्राष्ट्रिय मञ्चको यति ठुलो पुरस्कारको अगाडि यो रकम सानो महसुस भएको भन्दै उनले नेपाली सिनेमाको विकास र यो टोलीको सम्मानका लागि सरकारले थप के गर्न सक्छ भन्नेबारे बसेर छलफल गर्ने प्रतिबद्धता जनाए।

तेस्रोलिङ्गी (ट्रांसजेन्डर) समुदायको कथा र सङ्घर्षमा आधारित यो चलचित्रले कान्समा जुरी प्राइज जितेर नेपाली चलचित्र इतिहासमै सबैभन्दा ठुलो कीर्तिमान कायम गरेको छ।

Categorized in सिनेमा