STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नेवार युवाका लागि पाँच दिने छायांकन तालिम सम्पन्न

Janjati Khabar – विजयरत्न असंबरे | २०८३ जेठ १३, बुधबार

चलचित्र विकास बोर्डको सहकार्य तथा नेवाः फिल्म सोसाइटीको आयोजनामा नेवाः समुदायका युवालाई लक्षित गर्दै सञ्चालन गरिएको चलचित्र छायांकन तालिम तथा कार्यशाला गोष्ठी मंगलबार सम्पन्न भएको छ ।

तालिमको अन्तिम दिन वरिष्ठ भिजुअल एडिटर मानिकरत्न तुलाधर ले तालिमको महत्वबारे प्रकाश पार्दै सहभागीहरूलाई प्रमाणपत्र वितरण गरेका थिए ।

गत जेठ ८ गतेदेखि १२ गतेसम्म सञ्चालन भएको उक्त तालिम तथा कार्यशाला काठमाडौं महानगरपालिका-२५ स्थित जनबहाल मच्छिन्द्र क्लबको भवनमा आयोजना गरिएको थियो ।

नेवाः युवा पुस्तामाझ चलचित्र क्षेत्रमा छायांकनसम्बन्धी प्राविधिक ज्ञान, सिर्जनात्मक दृष्टिकोण तथा व्यावहारिक सीप विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । तालिमले सहभागीहरूलाई चलचित्र निर्माण क्षेत्रबारे व्यावहारिक अनुभव र थप प्रेरणा प्रदान गरेको विश्वास पनि आयोजकको छ ।

सोसाइटीका अध्यक्ष लुःजः सिंह ले आगामी असार महिनासम्म चलचित्र क्षेत्रमा सञ्चार क्षमता विकास तालिम, वृहत् छायांकन तालिम तथा उद्घोषण तालिमसमेत सञ्चालन गर्ने योजना रहेको जानकारी दिनुभयो ।समापन कार्यक्रममा सोसाइटीका आजीवन तथा साधारण सदस्यहरूलाई परिचयपत्र वितरण गरिएको थियो । साथै संस्थाका सल्लाहकार नीर शाह, मानिकरत्न तुलाधर तथा प्रकाश सायमी लाई सम्मानसमेत गरिएको थियो ।

तालिम तथा कार्यशालामा सिनेमाटोग्राफर दीपक बज्राचार्य, लुःजः सिंह, गौतम श्रेष्ठ तथा फोटोग्राफर अमरेन्द्र श्रेष्ठ लगायतका व्यक्तित्वहरूले प्रशिक्षण दिएका थिए ।

Categorized in सिनेमा