STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

मगर समूहको भवन निर्माण

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख २७, शुक्रबार

मगर पहिचान झल्किने खालका वस्तुलाई संरक्षण गरेर राख्ने उद्देश्यले पाल्पाको रामपुरमा क्रियाशील मगर उत्थान समूहद्वारा भवन निर्माण गरिएको छ । नवनिर्मित भवनको उद्घाटन समारोहमा प्रदेश नं ५ का प्रदेशसभा सदस्य वीरबहादुर रानाले मगर समुदायको भाषा संस्कृति संरक्षणसँगै समग्र समुदायको उत्थान र विकासका लागि सबै एक भएर लाग्नुपर्ने बताउनुभयो । उहाँले मगर समुदायले राम्रो संस्कार र संस्कृतिलाई अँगाल्दै राज्यका हरेक तहमा सहभागिता जनाई मूलधारमा आउनुपर्ने बताउनुभयो । रु २१ लख ५८ हजार ३१८ बराबरको लागतमा भवन निर्माणकार्य सम्पन्न भएको समूहका अध्यक्ष रामबहादुर हिस्की थापाले बताउनुभयो । कार्यालय सञ्चालन, बैठक, भेला बस्न, विभिन्न कार्यक्रम गर्न भवन निर्माण भएपछि सहज हुने उहाँले बताउनुभयो । समूहका सदस्य, विभिन्न व्यक्तिबाट रकम उठाएर भवन निर्माण गरिएको कोषाध्यक्ष हुममाया रानाले जानकारी दिनुभयो ।
Categorized in राष्ट्रिय