relans
ni new 83
nib 2082 5

‘महिला गीतकार सम्मान’बाट खत्री सम्मानित

Janjati Khabar – जनजाति खबर | २०७५ कार्तिक १५, बिहिबार

काठमाडौं, असोज १४ । साहित्यकार गीता खत्रीलाई बुधबार ‘महिला गीतकार सम्मान’बाट सम्मानित गरिएको छ । महिला गीतकार संघ नेपालले विजया दशमी, शुभदीपावली, नेपाल सम्वत् ११३९ तथा छठ पर्वको अवसरमा राजधानीमा आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा सम्मान समारोह २०७५’ का अवसरमा साहित्यकार तथा गीतकार खत्री सम्मानित भएकी हुन् । उनलाई वरिष्ठ साहित्यकार भद्रकुमार घले, महिला गीतकार संघ नेपालका अध्यक्ष अस्मिता भण्डारी र संघका प्रमुख संरक्षक उन्नती बोहोरा ‘शीला’ले सम्मान गरेका थिए । कार्यक्रम आयोजक महिला गीतकार संघ नेपालले प्रमुख अतिथि भद्राकुमारी घले र विशिष्ट अतिथि राधेश्याम लेकालीलाई पनि सम्मान गरेको थियो । प्रमुख अतिथि घलेले नेपाली साहित्यमा महिलाहरुको क्रियाशिलता देखेर आफू प्रफुल्ल रहेको बताइन् । सो अवसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्वअध्यक्ष तथा अनेसास बोर्ड अफ ट्रष्टीका उपाध्यक्ष समेत रहेकी सम्मानित खत्रीले ‘महिला गीतकार सम्मान’ प्राप्त भएपछि आफूमा अझै बढी जिम्मेवारी थपिएको महशुस गरेको उल्लेख गरिन् । कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष राधेश्याम लेकाली, साहित्यकारहरु गोपीकृष्ण प्रसाई, लक्ष्मी उप्रेती, गुञ्जनका पूर्वअध्यक्ष गीता केशरीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
Categorized in सिनेमा
ppp 2