STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

गलत सूचनाले विदेशी पर्यटक समस्यामा

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ १०, शुक्रबार

अपि नाम्पा घुम्न आएका दुई जना पर्यटकलाई बाटोबारे गलत सूचना दिइँदा बीच बाटोबाटै फर्किनुपरेको छ । काठमाडाँैबाट अपि नाम्पा संरक्षण क्षेत्रको अपि वेशक्याम्प जान आएका दुई जना रसियाका पर्यटकलाई सही सूचना दिन नसक्दा बीच बाटोमै फर्किनुपरेको हो । अपि नाम्पा संरक्षण क्षेत्र, व्यास गाउँपालिका र प्रहरी स्थानीयलेसमेत बाटोका बारेमा सही सूचना नगराउँदा पर्यटकबीच बाटोबाटै फर्किनुपरेको छ । रसियाका कुरुगाभा इलिना र काजिस्तानका झुक्सक्या भेलिना व्यास गाउँपालिका वडा नं २ को घाँटीबगरबाट फर्किएका छन् । अपि वेशक्याम्प जान हिँडेका उनीहरुलाई गलत बाटो बताइएका कारण अलपत्र परेको पर्यटकका सहयोगी खगेश्वर गौतमले बताउनुभयो । नेपालको बाटो भएर अपि फेद जाने बाटो छैन भनेर कसैले भनेनन्, सहयोगी गौतमले भन्नुभयो, “माथि पुगेपछि बाटो नै रहनेछ ।” अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका सहायक संरक्षण अधिकृत राजु घिमिरेसँगै काठमाडौँबाट दार्चुला पुग्नुभएका पर्यटकलाई घिमिरेलेसमेत सही सूचना नदिएको उहाँले गुनासो गर्नुभयो । जिम्मेवार निकायको व्यक्तिलेसमेत बाटोको अवस्थाबारे जानकारी गराएनन् । कार्यालयमै गएर जानकारी लिइयो बाटो छ कि छैन भने तर पनि सही सूचना हामीलाई दिइएन उहाँले भन्नुभयो । खलङ्गाबाट चार दिनमा घाँटीबगर पुगेपछि बाटो रहेनछ । ठाउँठाउँमा प्रहरीले सोधे, प्रवेश गरे तर बाटोका बारेमा जानकारी दिएनन् । हिकिला, हुती, सुनेसरा, सबै प्रहरी चौकीमा सोधियो, तर बाटोबारे केही भनेन् गौतमले भन्नुभयो, “व्यास गाउँपालिका अध्यक्ष दिलीपसिंह बुढाथोकीलाई समेत सुनसेरामा भेट भयो । तर उहाँले पनि बाटोको अवस्थाबारे जानकारी गराउन नसकेको उहाँको भनाइ छ । उनीहरुलाई दुम्लीङ प्रहरीले बाटोका बारे जानकारी गराएपछि उनीहरु निराश हुँदै फर्किएका छन् । खलङ्गामै बाटोका बारेमा जानकारी गराइ दिएको भए दोस्रो रुट प्रयोग गर्न सकिन्थ्यो । अपि नाम्पा घुम्न भनेर आएका विदेशी पर्यटकले बाटोबाटै फर्किनुपर्दा निराश भएका छन् । झण्डै २५ दिनको म्याद लिएर घुम्न आएका थिए । वैशाख २९ गते सदरमुकाम खलङ्गाबाट हिँडेका उनीहरु ३० गते हुती, ३१ गते तुसरपानी, जेठ १ गते सलेनी, २ गते कल्जु र ३ गते थी पुगेका थिए । बाटोमै अलपत्र परेका उनीहरुले अन्तिममा राप्ला घुमेर फर्किएका छन् ।
Categorized in राष्ट्रिय