STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

लाजले उपचार गराउँदैनन् पाठेघर खसेका महिला

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ १७, शुक्रबार

समाजिक लोकलाज तथा गरीबी र स्वास्थ्यसँग पहुँच नभएका कारण डोटीका अधिकांश आङ पाठेघर खसेका महिला अझै गाउँमै आफ्नो रोग लुकाएर बस्न बाध्य भएका छन् । 
समाजिक लोकलाजका कारण उनीहरु उपचार गराउन खुलेर अस्पताल आउन सकिरहेका छैनन् । जिल्लामा पटकपटक पाठेघर खसेका महिलाका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भए पनि उनीहरु गाउँ समाजमा हुने लाजका कारण उपचार नगराई घरैमा बस्न थालेको जिल्ला अस्पताल डोटीका डा भुषण मिश्रले बताउनुभयो । 
उहाँले भन्नुभयो, “हामीले जिल्लामा कैयाँैपटक पाठेघर खसेका महिलाका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन ग¥र्यांै तर हाम्रो लक्ष्यअनुसार उहाँहरु आउनुभएन, कारण के भन्दा समाजको लाज रहेछ ।” जिल्ला स्वास्थ्य कार्यालय डोटीका अनुसार जिल्लामा करीब तीन÷चार दर्जन बढी पाठेघर खसेका महिला छन् । जो समाजमा हुने लाजका कारण खुलेर उपचार गराउन आउन सकिरहेका छैनन् । पाठेघर खसेका बारेमा श्रीमान्लाई भन्दा अर्को विवाह गर्लाकी भन्ने डरले श्रीमान्लाई पनि यो रोगका बारेमा खासै नभन्ने गरेको जोरायल गाउँपालिका वडा नं ५ गड्सेराकी तुलसी विष्टले बताउनुभयो । 
उहाँले भन्नुभयो, “हामीले गाउँघरमा अधिकांश महिला पाठेघरको समस्या भएको पाएका छौँ, उनीहरुले आफ्ना श्रीमान्लाई पनि दोस्रो विवाह गर्ने गर्ला भन्ने डरले नभन्ने गरेको बुझयौँ, श्रीमान्ले सहयोग गरे महिला उपचार गराउन आउने छन् ।” आफ्नो ज्यान नै जोखिममा राखेर यहाँका महिला रोग लुकाउने गरेको डा भुषण मिश्रले बताउनुभयो । 
उहाँले भन्नुभयो, “ज्यान जोगाउनबाट बचाउनुहुन्छ भने श्रीमतीलाई उपचार गराउन ल्याउनुहोस् ।” जिल्लामा पाठेघर खसेका महिलाको निःशुल्क शल्यक्रिया शिविर सञ्चालन गरिए पनि लाजका कारण महिला नआउने गरेको चिकित्सक बताउँछन् ।
Categorized in राष्ट्रिय