STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

‘बजेट वितरणमुखी’

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ २०, सोमबार

नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले हालै सार्वजनिक गरेको बजेट विकासमुखी नभइ वितरणमुखी भएको आरोप लगाउनुभएको छ । नेपाल प्रेस युनियन पाल्पा शाखाले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रवक्ता शर्माले ७० प्रतिशत बजेट चालु खर्चमा, ३० प्रतिशत बजेट मात्र विकास खर्चमा सरकारले विनियोजन गरेको बताउनुभयो । “यस्तो बजेटले देशको विकास हुँदैन”, पार्टी प्रवक्ता शर्माले भन्नुभयो । प्रतिपक्षको भूमिका कमजोर भएकोप्रति लक्षित गर्दै प्रवक्ता शर्माले सडकमा टायर बालेर, नेपाल बन्द हडताल गरेर चक्काजाम गरेर आमनेसामने सत्तापक्ष प्रतिपक्ष भिडन्त नगरी शान्त स्वभावमा लोकतान्त्रिक शैलीमा सरकारको कामका बारेमा जागरण कार्यक्रममार्फत जानकारी गराउँदै आएको बताउनुभयो । ‘विप्लव’ समूहले हत्या हिंसाको बाटो छोडेर शान्तिको राजनीतिमा आउनुपर्ने र सरकारले पनि विप्लवलाई निषेधको राजनीति गर्न नहुनेमा उहाँको जोड रहेको थियो ।
Categorized in राष्ट्रिय