STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

प्रधानमन्त्री दोहाबाट जेनेभा प्रस्थान

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ २६, आइतबार

प्रधानमन्त्री केपी शर्मा ओली युरोपका विभिन्न मुलुकको भ्रमणका क्रममा केही बेरअघि कतारको दोहाबाट स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गर्नुभएको छ । प्रधानमन्त्री ओली जेनेभामा हुने अन्तर्राष्ट्रिय श्रम सङ्गठन आइएलओ को शतवार्षिकी समारोहमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै युरोप भ्रमणमा हुनुहुन्छ । प्रधानमन्त्री ओलीले सोमाबार जेनेभामा आयोजना हुने आइएलओको शतवार्षिकी समारोहलाई सम्बोधन गर्नुहुने कार्यक्रम छ । प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय श्रम सङ्गठनसँगको नेपालको सम्बन्ध र ऐक्यबद्धता तथा नेपाल जस्ता अल्पविकसित राष्ट्रहरुले श्रम सम्बन्धमा बेहोर्नुपरिरहेको चुनौती तथा नेपालले नयाँ संविधानअन्तर्गत श्रम सम्बन्धमा अपनाएको सामाजिक सुरक्षाका कार्यक्रमसहितका विषयमा स्पष्ट पार्नुहुने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताउनुभएको भ्रमणमा सहभागी रेडियो नेपालका नरेश फुँयालले जानकारी दिनुभयो । जेनेभा समारोहमा विश्वका ४५ देशका राष्ट्र तथा सरकार प्रमुखको सहभागिता रहने र ‘साइड लाइन’मा कतिपय नेतासँग प्रधानमन्त्रीको भेटवार्ता समेत हुनेछ । स्वीट्जरल्याण्डको भ्रमणपछि प्रधानमन्त्री ओली भोलि नै बेलायत प्रस्थान गर्नुहुने कार्यक्रम छ । बेलायतमा प्रधानमन्त्री ओलीले विश्वप्रसिद्ध अक्सफोर्ड यूनिभर्सिटीको युनियनलाई विशेष सम्बोधन गर्नुहुनेछ । बेलायतमा रहँदा प्रधानमन्त्री ओली र उहाँका समकक्षी संयुक्त अधिराज्यका प्रधानमन्त्रीलगायतसँग उच्चस्तरीय भेटवार्ता हुनेछ । बेलायत भ्रमणपछि प्रधानमन्त्री ओलीले फ्रान्सको औपचारिक भ्रमण गर्नुहुने कार्यक्रम छ । यसअघि प्रधानमन्त्री ओली हिजो राति दोहा पुग्नुहुँदा हमाद अन्तर्राष्ट्रि«य विमानस्थलमा कतारका सरकारी अधिकारी तथा नेपाली दूतावासका कार्यबाहक राजदूत लक्ष्मण खनालसहितका अधिकारीहरूले स्वागत गर्नुभएको थियो ।
Categorized in राष्ट्रिय