STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

आगलागीबाट रु ५६ लाखको क्षति

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ १२, बिहिबार

जिल्लाको कुम्मायक गाउँपालिकास्थित तिङदेनमा आज बिहान करीब ६ः३० बजेको समयमा आगलागी भएको छ । कुम्मायक गाउँपालिका–४ तिङदेन बजारमा रहेको तिलविक्रम सम्बाहाम्फेको घरमा विद्युत् सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ ।आगलागीबाट रु ५६ लाख ९५ हजारको क्षति भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी चौकी यासोकका इञ्चार्ज बानहादुर चौहानका अनुसार आगलागीका कारण घर र पसलका सम्पूर्ण सामान जलेर नष्ट भएको छ । सम्बाहाम्फेको घरमा राखेका नगद एक लाख ५० हजार र १० तोला सुनसमेत जलेर नष्ट भएको र सम्बाहाम्फेको सँगै रहेको लेखनाथ खनालको घरमा पनि आंशिक क्षति भएको इञ्चार्ज चौहानले जानकारी दिनुभयो । आगो स्थानीय र प्रहरीले करीब २ घण्टा लगाएर नियन्त्रणमा लिएका थिए ।
Categorized in अपराध-दुर्घटना