STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

तेह्र हजार मेट्रिकटन कम गहुँ उत्पादन

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ १९, बिहिबार

किसान उखुँखेतीतर्फ आकर्षित भएका र विगतकोभन्दा बढी जमीनमा उखुखेती गरिएकाले यस वर्ष पर्सा जिल्लामा १३ हजार मेट्रिकटन कम गहुँ उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । आर्थिक वर्ष २०७४÷०७५ मा ३१ हजार हेक्टर जमीनमा गहुँखेती गरी ८० हजार ६०० मेट्रिकटन उत्पादन गरिएकामा आव २०७५÷०७६ मा २६ हजार हेक्टर जमीनमा गहुँखेती गरी ६७ हजार ६०० मेट्रिकटन उत्पादन भएको थियो । यस वर्ष जिल्लाका किसानले उखुखेतीलाई प्राथमिकतामा राखेकाले उत्पादनमा कमी आएको उक्त कार्यालयले जनाएको हो ।
Categorized in राष्ट्रिय