‘स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध’
Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ ३०, सोमबार
प्रधानमन्त्री केपी शर्मा ओलीले हाम्रासामु जलवायु परिवर्तका असर र चुनौतीको सामना गर्न जनतालाई बढी सशक्त बनाउने र त्यस्ता असरलाई सम्बोधन गर्न तयार रहनेबाहेक अरु उपाय नभएको बताउनुभएको छ । वन तथा वातावरण मन्त्रालयको आयोजनामा यहाँ आज आयोजित जलवायुसम्बन्धी अन्तरराष्ट्रिय गोष्ठीको आज उद्घाटन गर्दै उहाँले नेपालको संविधानको धारा ३० ले स्वच्छ वातावरणमा बाँच्न पाउने नागरिकको आधारभूत अधिकारलाई सुनिश्चित गरेकाले यसको पूर्ण कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको दृढता व्यक्त गर्नुभयो ।
उहाँले आगामी मार्च महिना९फागुन–चैततिर०नेपाल सरकारको आयोजनामा ‘सगरमाथा संवाद’ गर्न लागिएको र त्यसको विषय जलवायु परिवर्तन नै हुने जानकारी दिनुभयो । “त्यो अन्तरराष्ट्रिय मञ्चमा मानव जातिका समकालीन विषयवस्तुउपर गम्भीर विमर्शका लागि विश्वका नेता, वैचारिक नेता र सरोकारवालाहरुको जमघट हुनेछ ”, उहाँले भन्नुभयो ।
Categorized in राष्ट्रिय