STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

मुख्यमन्त्री उत्कृष्ट कृषि पुरस्कारबाट दुई उद्यमी पुरस्कृत

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ ३१, मंगलबार

जुम्लाको चन्दननाथ नगरपालिकाले दुई जना उद्यमीलाई मुख्यमन्त्री उत्कृष्ट कृषि पुस्कारबाट सम्मान गरेको छ । सम्मानित हुनेमा चन्दननाथ–४ मालाभिडका लोकमणि पक्षीपालक उद्योगका सञ्चालक रिता चौलागाईं  बुढ्थापा र चन्दननाथ–३ शान्ति नगरका चेरेमालिका बाख्रापालन समूहका उद्योगी लोकबहादुर रोकाया हुनुहुन्छ । नगरपालिकाका प्रमुख कान्तिका सेजुवालले उहाँहरुलाई रु १५ हजारसहित प्रमाणपत्रद्वारा सम्मान गर्दै राम्रो गर्ने उद्यमी र किसानलाई प्रोत्साहित गरिएको बताउनुभयो । जुम्ला विधिवत घरेलु औद्योगिकतर्फ जुम्लामा उद्योग स्थापना गर्ने क्रम बढ्दो छ । साना उद्योग तथा घरेलु विकास समिति जुम्लाले चालू आर्थिक वर्षमा ४०२ वटा लघु, घरेलु तथा साना उद्योग दर्ता भएको जनाएको छ । ती उद्योगमा एक हजार ४८४ जनाले रोजगारी पाएको समितिले जनाएको छ । “समितिले सीपमूलक तालीम सञ्चालन गरेपछि जिल्लामा उद्योग दर्ता गराउनेको सङ्ख्यामा वृद्धि भएको हो”, कार्यालय प्रमुख हरिभगत श्रेष्ठले भन्नुभयो, “कार्यालयले सञ्चालन गरेको सीपमूलक तालीम अहिलेसम्म तीन हजार ७८७ जनाले लिइसकेका छन् ।” कार्यालयले रैथानेवाली प्रशोधन, सिलाई कटाइ, ढाका बुनाइ, हाते होजियारी, पलम्विङलगायत तालीम प्रदान गरिएको उहाँले जानकारी दिनुभयो । बाल विवाह कायमै जुम्लाको पातारासि गाउँपालिका–१, २ र ३ मा बाल विवाह हुने क्रम रोकिएको छैन । अन्धविश्वास, शिक्षाको कमी र देखासिकाका कारण वाल विवाह हुने गरेको गाउँपालिका अध्यक्ष लछिमन बोहोराले बताउनुभयो । बाल विवाह न्यूनीकरण नभएसम्म सभ्य समाजको परिकल्पना गर्न नसकिने बताउँदै उहाँले यसका लागि सम्बन्धित सबै पक्ष सचेत हुनु आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढथापाले कानूनले बन्देज गरेको कुरा समाजले मान्यता दिएको उल्लेख गर्दै बाल विवाह न्यूनीकरणका लागि विद्यालय स्तरदेखि सचेतनामूलक कार्यक्रम गरिने बताउनुभयो ।
Categorized in राष्ट्रिय