STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

काँक्रेविहारमा घोडा सफारी शुरु

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ ३१, मंगलबार

सुर्खेतको प्रमुख पर्यटकीयस्थल काँक्रेविहारमा घोडा सफारी शुरु गरिएको छ । वीरेन्द्रनगर नगरपालिका–९ को कार्यालयले काँक्रेविहार क्षेत्र अवलोकन गर्न आउने पर्यटकको सुविधाका लागि घोडा सफारीको व्यवस्था गरेको हो । काँक्रेविहार नेपालकै पहिलो संरक्षित वन क्षेत्र हो । यहाँ वर्षौं पुराना ढुङ्गाबाट बनेका कलात्मक मूर्तीहरुको अवलोकन गर्न पाइन्छ । तीनै मूर्तीहरु जोडेर पुरातत्व विभागले शिखर शैलीको मन्दिर निर्माण आयोजना सञ्चालन गरिरहेको छ । घोडा सवार कार्यक्रमको शुभारम्भ गर्दै कर्णाली प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता विद्याभूषण मानन्धरले काँक्रेविहारमा घोडा सफारीका कारण पर्यटकको आगमन बढ्ने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “स्थानीय र प्रदेश सरकारसँग समन्वय गरेर काँक्रेविहारलाई विश्व सम्पदा सूचीमा राख्न पहल थाल्नुपर्दछ ।”, “घोडा सफारी कार्यक्रम पर्यटकहरुका लागि आकर्षणको केन्द्र बन्न सक्छ”, उहाँले भन्नुभयो, “घोडा व्यवस्थापन समितिले इमान्दारीपूर्वक पर्यटकहरुको सेवामा लाग्नुपर्छ ।” वीरेन्द्रनगर–९ का वडाध्यक्ष सुरेश मानन्धरले ऐतिहासिक संरक्षित वन काँक्रेविहारमा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गर्न हाल दुई वटा घोडाको व्यवस्था गरेको जानकारी दिनुभयो । “अहिले पर्यटकहरुले काँक्रेविहारको भग्नावशेष मात्र हेरेर फर्कने गरेका छन्, अब घोडामार्फत जङ्गल सफारी पनि गर्न सक्नेछन्”, उहाँले भन्नुभयो ।
Categorized in सिनेमा