नेपाल संवतका प्रणेता शंखधर र नेवाः अगुवा पद्मरत्नको शालिक राखिने
Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण १, बुधबार
काठमाडौं महानगरपालिकाले शंघधर पार्क पहिले रत्नपार्क मा नेपाल संवतका प्रणेता शंखधर साख्वाः तथा नेवाः अगुवा मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरको शालिक राख्नको लागि बजेटका व्यवस्था गरेको छ ।
हिजो मंगलबार सम्पन्न भएको आर्थिक बर्ष २०७६÷०७७ को बजेटमा शालिक राख्नको लागि बजेटको व्यवस्था गरिएको हो ।
काठमाडौं महानगरपालिकाले शंखधर पार्कमा नेपाल संवतका प्रवर्तक शंखधर साख्वाःको शालिक राख्नको निम्ति यस वर्षको बजेटमा १५ लाख छुट्याइएको छ । यसरी नैं नेवाः अगुवा मानवअधिकारवादी नेता पद्मरत्न तुलाधका शालिक राख्नको निम्ति पनि बजेटको व्यवस्था गरिएको छ ।
Categorized in राष्ट्रिय