STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अन्तर्राष्ट्रिय युवा दिवस प्रभावकारी बनाइने

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण ३, शुक्रबार

सरकार यही साउन २७ गते अन्तर्राष्ट्रिय युवा दिवस मनाउने तयारीमा जुटेको छ । दिवस मनाउनका लागि आज राष्ट्रिय युवा परिषद्ले युवा सङ्घ–सङ्गठनसँग छलफल गरेको छ । छलफलमा उक्त दिवसलाई एक दिन मात्र मनाउनाको साटो प्रभावकारी रुपमा लैजानुपर्नेमा सबैको जोड थियो । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले वर्षभर नै विभिन्न गतिविधि सञ्चालन गरेर उक्त दिवस मनाइने र युवाको समस्या तथा चुनौती बुझेर त्यसलाई समाधान गर्ने खालको कार्यक्रम पनि ल्याउन लागेको जानकारी दिनुभयो । यस वर्षलाई सरकारले ‘युवा परिचालन वर्ष’ पनि घोषणा गरेकाले उक्त दिवसलाई प्रभावकारी रुपमा मनाइने उहाँले बताउनुभयो । “युवा परिचालन वर्षका रुपमा मनाउन लागिएकाले वर्षभरि विभिन्न कार्यक्रम सञ्चालन गर्दछौँ”, मन्त्री विश्वकर्माले भन्नुभयो, “युवालाई राष्ट्रिय लक्ष्य हासिल गर्ने दिशातिर अग्रसर गराउने छौँ ।” उहाँले युवालाई श्रम उत्पादनसँग जोड्न सकियो भने मात्र मुलुकमा समृद्धि आउने भन्दै युवामा सामाजिक जागरण रुपान्तरण गर्न आवश्यक भएको बताउनुभयो । युवा तथा साना स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष डा प्रेमप्रसाद दङ्गालले युवा लक्षित कार्यक्रम प्रत्येक समूहमा पु¥याउनुपर्नेमा जोड दिनुभयोे । उहाँले युवाका समस्या र चुनौती समाधान गर्नका लागि उनीहरूलाई स्वरोजगार बनाउनुपर्नेमा जोड दिनुभयो । परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले उक्त दिवस मनाउने मात्र नभई त्यसलाई उपलब्धिमूलक बनाउन सबैको सहयोग हुनुपर्ने बताउनुभयो । नेपालमा सन् २००४ देखि अन्तर्राष्ट्रिय युवा दिवस मनाउन थालिएको हो । यस वर्ष उक्त दिवसको अन्तर्राष्ट्रिय नारा ‘शिक्षामा रुपान्तरण’ तय गरिएको छ भने नेपालमा ‘शिक्षामा रुपान्तरण, उद्यमशीलता र नवप्रवर्तन’ भन्ने नारा प्रस्ताव गरिएको छ । उक्त दिवसका अवसरमा परिषद्ले युवा संवाद, युवा उद्यमी, सिर्जना कक्ष प्रदर्शनी, सांस्कृतिक कार्यक्रम, युवा उद्यम सम्मेलन, खेलकूदजस्ता कार्यक्रम गर्ने भएको परिषद्का सूचना अधिकारी धु्रवराज पौडेलले जानकारी दिनुभयो । परिषद्को अगुवाइमा २०७३ सालदेखि नेपालमा अन्तर्राष्ट्रिय युवा दिवस मनाउँदै आइएको छ । संयुक्त राष्ट्र सङ्घले सन् १९९४ देखि हरेक वर्ष अगस्त १२ लाई अन्तर्राष्ट्रिय युवा दिवस मनाउने निर्णय गरेदेखि सन् २००० देखि विश्वभर नै युवा दिवस मनाउन थालिएको हो ।
Categorized in राष्ट्रिय