STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

चर्चिच गित मुसुमुसु हाँसिदेऊ न लैलैुका गायक नोर्देनको निधन

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण २१, मंगलबार

नेपाली जगतका चर्चित गायक मुसुमुसु हाँसिदेउन लै चर्चित गित तथा हिमालयन ब्याण्डका संस्थापक गायक संगीतकार नोर्देन तेन्जिङ भुटियाको निधन भएको छ । सन् १९५० मा भारतको खस्र्याङमा जन्मिएका हुन् । भुटियाको ६१ वर्षको उमेरमा सोमबार लन्डनमा निधन भएको हो । उनलाई केहि वर्ष अगाडि घाँटीको क्यान्सर भएको थियो । मुुसुमुसु हाँसीदेउ बोलको गितलाई पछि शानले गाएका थिए । सन् १९७१ मा बेलायती सैनिक सेवामा प्रवेश गरेका नोर्देनले हङकङमा सन् १९७२(७३ तीर साथीहरूसँग मिलेर हिमालयन ब्याण्डको स्थापना गरेका थिए। त्यसका लागि चाहिने बाजाहरू उनीहरूले अरूले प्रयोग गरिसकेर बिक्रीमा राखेका बाजाहरू किनिएको थियो।  आफ्ना साथीहरू पनि फौजसँगै हङकङ पुगेपछि व्याण्ड स्थापना सम्भव भएको थियो। सो ब्याण्डको नाम साथीहरूले सुरूमा हिमालयनको सट्टा अरू नै राख्न सुझाएको भएपनि उनले ुहामी हिमाली हौुं भन्दै सोही नाम तय गरिएको थियो। उनी गाउनेसँगै संगीत र शब्द सिर्जना पनि आफै गर्थे। गीत तयार गर्दा सुरूमा उनी ट्यून निकाल्थे अनि ती ट्यूनका लागि उपयूक्त शब्दहरू लेख्थे। नेपाली भाषामा राम्रो पकड नभएकाले उनी त्यसको सल्लाह भने विजय थापासँग लिन्थे। थापाले नमिलेको शब्दको अर्थ खुलाउँदै मिलाउने सल्लाह दिन्थे।यसको खुलासा उनले एक अन्तरवार्तामा गरेका छन्। सो अन्तरवार्तामा उनले अमर गुरूण, नारायण गोपाल, अरूणा लामा तथा गोपाल योञ्जनको प्रेरणाले संगीत तीर लागेका पनि बताएका छन्। खर्स्याङ स्थित उनको घरमा रंजित गजमेर, अरूणा लामा, गोपाल यिञ्जन, अम्बर गुरूङ गीतको अभ्यासका लागि उनका दाजुदिदीसँग एउटा कोठामा बन्द हुन्थे। उनी बाहिरैबाट उनीहरूका गीत सुन्थे। १२(१३ वर्ष उमेरको सम्झना गर्दै संगीततीर कसरी झुकाव बढ्योरु भन्ने बारेमा भुटियाले अन्तरवार्तामा बताएका छन्। त्यस्तै उनलाई नेपाली श्रोतामाझ चर्चा दिलाउने पहिलो गीत ुगाजलुले आँखे छोप्नेु गीत खासमा अरूण थापाले तयार पारेका हुन्। अरूणका दाइ उदय थापा र नोर्देन साथी हुन्। मुसुमुसु हाँसीदेऊु गीत बलिउड सिनेमा ुप्यारमे कभी कभीु सिनेमामा प्रयोग भएकोमा उनलाई खुशी भएको भएपनि गीतमा श्रेय नदिइएकोमा भने दुखित थिए। शानले नाम कमाए, म खुशी छु, तर गीतमा नाम नआएको चित्त दुखाइ थियोु, उनले भनेका छन्।
Categorized in राष्ट्रिय