STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

दुर्घटनामा एक जनाको मृत्यु, १५ घाइते

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण ३१, शुक्रबार

हेटौँडामा आज बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीमा बस दुर्घटना भएको हो । काठमाडौँबाट रौतहटतर्फ जाँदै गरेको ना५ख २२३३ नंको बस अनियन्त्रित भई पल्टिएर विजुलीको खम्बामा ठोक्किँदा सर्लाहीको रामनगर बोरहवाका ५८ वर्षीय मुकेश शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेको चितवन र मकवानपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
Categorized in अपराध-दुर्घटना