STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

एक्टिभ प्रोडक्सन्स एण्ड मिडिया प्रा।लि।को आयोजनामा हिरो नेपाल हुने भएको छ।

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण ३१, शुक्रबार

हिरो नेपाल भनेपछि कुनैपनि फिल्म खेल्ने हिरो होइन। आफूभित्रको लुकिरहेको प्रतिभा देखाएर सवैलाई चकित बनाउने प्रतिभावन नै हिरो नेपाल हो। स्वदेश तथा विदेशमा रहेका नेपाली तथा नेपालमा नै भएका विदेशीहरुको त्यो लुकेको प्रतिभालाई नै उजागर गर्ने उदेश्यले आयोजना हुन गैरहेको एकमात्र टेलिभिजन रियालिटी–शो कार्यक्रमको नाम हिरो नेपाल हो। हिरो नेपालमा आएर जुनसुकै उमेर समूहका क्षमतावान प्रतिभाशाली व्यक्तिहरुले प्रतिभा प्रदर्शन गर्न पाइन्छ। यस हिरो नेपालमा विभिन्न जातजातिले आफ्नो कला तथा संस्कृतिलाई पनि प्रस्तुत गरेर प्रवद्र्धन गर्न सकिन्छ। आउने नयाँ पिढीलाई सिक्ने माध्यमको रुपमा पनि हिरो नेपाल हुनेछ। यो राष्ट्रको गौरब तथा शानको रुपमा प्रस्तुत हुने जानकारी गराउन चाहन्छु। त्यो प्रतिभा प्रदर्शनलाई टेलिभिजन तथा युट्युबको माध्यमवाट विश्वमा उजागार गर्ने प्रमुख उदेश्य रहेको जानकारी आयोजक एक्टिभ प्रोडक्सन्स एण्ड मिडिया प्रा।लि।की प्रमुख कार्यकारी अधिकृत उमा श्रेष्ठले दिएकी छन्। कार्यकारी अधिकृत श्रेष्ठका अनुसार, यस हिरो नेपालमा एकल, जोडी तथा समूह आएर भाग लिन पाउने प्रावधान राखेको छ। ती प्रतिभावनहरुको प्रतिभाको नेपालका ख्यातिप्राप्त १२ जना निर्णायकहरुले जजिङ गरिनेछ। त्यसको अलावा भोटिङ पनि हुने छ। त्यसरी जजिङ र भोटिङवाट प्रथम हुनेलाई नगद १० लाख, व्दितीयलाई ८ लाख र तेश्रो हुनेलाई नगद ६ लाख पुरस्कार प्रदान गरिनेछ। टप टेनमा पर्नेहरुलाई आकर्षक बिग गिफ्ट ह्याम्पायर प्रदान गरिने छ। ३ महिनाको यो इभेन्ट प्रोग्रामको प्रमोसनल शुटिङ भैसकेको छ। अवको दुई महिना पछि कात्तिकवाट अडिसन कार्यक्रम शुभारम्भ हुने भएको छ। अडिसन काठमाडौंको अलावा विराटनगर, बीरगन्ज, हेटौडा, नारायणगढ, बुटवल, पोखरा, नेपालगन्ज लगायतका १२ स्थानमा अडिसन हुने भएको छ। अडिसनमा भाग लिन आयोजकको आधिकारिक www.heronepal.comवेबसाइट लगअन गरेर अप्लाई गर्न सकिन्छ। रजिष्ट्रेसनको लागि हिरोनेपालको आप डाउनलोड गरेर गर्न मिल्ने गरेर बनाइएको छ।
Categorized in सिनेमा