STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बालबालिकाका लागि दुर्घटना बीमा

Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र २०, शुक्रबार

रम्भा गाउँपालिकाले दुर्घटनापछिकोे सम्भाव्य जोखिम कम गर्न बालबालिकाको दुर्घटना बीमा कार्यक्रम ल्याएको छ । विद्यायल क्षेत्रमा र विद्यालय आवतजावतका क्रममा बालबालिका दुर्घटना हुने क्रम बढ्दो छ । पहाडी भेगका विद्यालयमा बालबालिका पैदलयात्रा गरी अध्ययन गर्न जानुपर्ने बाध्यताका कारण दुर्घटना बढ्दो क्रममा रहेको हो । पाल्पाको रम्भा गाउँपालिकाले दुर्घटना बीमा कार्यक्रम सञ्चालन ल्याएपछि बालबालिकाले सहजरूपमा उपचार पाउनका लागि बीमा कार्यक्रम सफल हुने देखिएको छ । बालबालिका दुर्घटना हँुदा अभिभावकमा पैसाका अभावमा ढिलो गरी उपचार गर्नुपर्ने बाध्यता बीमा कार्यक्रमले टार्न सहयोग पु¥याएको हो । रम्भा गाउँपालिकाले सामुदायिक विद्यालयका कक्षा ५ सम्म अध्ययन गर्ने बालबालिकाको दुर्घटना बीमा सञ्चालनमा ल्याएको छ । बालबालिका दुर्घटनापछि उपचारको अभाव हुने जोखिम कम गर्न बीमा कार्यक्रम ल्याएको हो । गाउँपालिकाले प्रतिविद्यार्थी रु १०० लगानीमा बीमा कार्यक्रम कार्यान्वयन ल्याउँदा विद्यार्थी र अभिभावकलाई आर्थिकरूपमा सहयोग हुनेछ । प्रतिविद्यार्थी रु १०० लगानीमा बीमा कार्यक्रममा सहभागी विद्यार्थीले रु १० हजार बराबरको औषधि उपचारको सुविधा अस्पतालबाट पाउनेछन् । गाउँपालिकाले चालू आव २०७६÷७७ मा दुर्घटना बीमा कार्यक्रमका लागि रु दुई लाख ५० हजार बराबरको बजेट तथा कार्यक्रम ल्याएको छ । गाउँपालिका अध्यक्ष विष्णु भण्डारीले आर्थिक अभावमा सामान्य दुर्घटनाका कारण बालबालिकालाई उपचारबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यका साथ दुर्घटना बीमा कार्यक्रम सञ्चालनमा ल्याएको बताउनुभयो । सामुदायिक विद्यालयका कक्षा ५ सम्म अध्ययनरत गर्ने बालबालिकाको लागि दुर्घटना बीमा कार्यक्रम लागू गरिएको शिक्षा शाखा प्रमुख काशीराम बस्यालले बताउनुभयो । गाउँपालिकाले पहिलो चरणमा बालबालिकाको तथ्याङ्क सङ्कलन गर्ने कार्य सम्पन्न गरिसकेको छ । रम्भा गाउँपालिका क्षेत्रभित्रका विद्यालयमा अध्ययनरत ९९९ छात्रा र ८९४ छात्र गरी एक हजार ९९३ बालबालिकाले दुर्घटना बीमाको सुविधा पाउनेछन् । रम्भा गाउँपालिकामा ३६ सामुदायिक विद्यालय सञ्चालनमा छन् । माध्यमिक विद्यालय आठ र २५ आधारभूत विद्यालयमा नियमित पठनपाठन हुँदै आएको छ । चालू आव २०७६÷७७ का लागि गाउँपालिकाले कक्षा ५ सम्मका बालबालिकालाई नियमित दिवाखाजा कार्यक्रमका लागि रु १५ लाख बजेट विनियोजन गरेको छ । बालबालिका अध्ययनका बेला भोक लागेर छिटो घर फर्केने समस्या बढेपछि गाउँपालिकाले विद्यार्थीलाई नियमित बनाउनका लागि खाजा कार्यक्रम सञ्चालनमा ल्याएको शिक्षा प्रमुख बस्यालको भनाइ छ । गाउँपालिकाले चालू आवमा पाँचवर्षे योजना निर्माण गर्नेछ । जसका लागि रु एक लाख बजेटमार्फत योजना निर्माणको काम गर्नेछ । गाउँपालिकाले नमूना विद्यालयका लागि रु चार लाख, कम्प्युटर व्यवस्थापनका लागि रु पाँच लाख, सेनेटरी प्याडका लागि रु एक लाख ५० हजार, गाउँपालिकामा पुस्तकालय स्थापनाका लागि रु एक लाख बजेटमार्फत कार्यक्रम सञ्चालनमा ल्याएको बस्यालले बताउनुभयो ।
Categorized in राष्ट्रिय