आधुनिकतासँगै कुमाल समुदायको पुख्र्यौली पेशा सङ्कटमा
Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र २६, बिहिबार
जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजार नजिक रहेको खाल्लेमा कुनै वेला सिङ्गै गाउँ नै माटोको भाँडा बनाउने पेशामा आवद्ध बनेका थिए । लालितबहादुरसँगै त्यस गाउँका दुर्गाबहादुर श्रेष्ठ, पुनबहादुर श्रेष्ठ, कर्णबहादुर श्रेष्ठलगायतले बनाएका माटोको विभिन्न प्रकारका भाँडा दिक्तेलबजारमा हप्ताको दुईपटक लाग्ने शनिबारे र बुधबारे हटियामा बिक्री गर्न ल्याउने गरिएको छ ।[/caption]
घरबाट डोकोमा बोकेर ल्याइने भाँडा बजारमा बिक्री नभएपछि पुनः घरमै फर्काएर लानुपर्ने तथा कोठा भाडामा लिएर राख्नुपर्ने बाध्यता रहेको अर्का व्यवसायी रोमन श्रेष्ठले बताउनुभयो । “उसबेला जिल्लामा माटोको भाँडाले राम्रो बजार पाएको थियो”, उहाँले भन्नुभयो, “अहिले आधुनिक सामग्रीले बजार भरिभराउ हुनुका साथै कम मूल्यमा पाउन थालेपछि हामीले बनाउने माटोको भाँडाको बजार ह्वात्तै घटेको छ ।”
थोरै समयमा बनाउन सकिने तथा वातावरणीय प्रभावको हिसाबले समेत असर नगर्ने माटोको भाडा बिक्री हुन छाडेपछि पछिल्लो समय कुमाल समुदायमा निराशा छाएको छ । उनीहरुले सोही ठाउँको माटो मुछेर रक्सी पार्न प्रयोग गरिने फुङ्गा, पैँनी, मकै भुट्न प्रयोग गरिने हाँडी ९खपेटा०, पैसा राख्न प्रयोग गरिने खुत्रुके, पानी राख्न प्रयोग गरिने घैला, गाग्रो, मटिया, फूल रोप्न प्रयोग गरिने गमला, दीपावली गर्न प्रयोग गरिने दियो, ढकनी, धुपाउरौलगायतका घरायसी सामग्री बनाउने गरेका छन् ।
पहिले एकै दिनमा एक जनाले बनाएको सामग्री नै रु पाँच÷छ हजारको बिक्री हुने गरेकामा अहिले दिनमा रु तीन हजारको पनि बिक्री नहुने कुमाल समुदायले बताएका छन् । लामो समयदेखि आफ्नो पुख्र्यौली पेशालाई आफ्नै लगानीमा बचाउँदै आए पनि सङ्कटमा पर्दासमेत कसैको चासो नगएको उनीहरुले आरोप लगाएका छन् ।
खाल्लेमा निर्माण गरिने माटोको विभिन्न प्रकारका भाँडा जिल्लाका विभिन्न क्षेत्रमा लाग्ने हटिया तथा गाउँमा निर्यात हुने गरेको थियो । दुई नगरपालिका र आठ गाउँपालिका गरी १० स्थानीय तह रहेको जिल्लाका सबै स्थानीय तहमा सडक सञ्जाल जोडिएसँगै आयातित सामग्री भित्रिएपछि माटोको भाँडा निर्यात हुन छाडेको छ ।
शुरु–शुरुमा प्रत्येक घर कुमाल समुदायले अपनाउँदै आएको माटोको भाँडा बनाउने पेशा अहिले केही व्यक्तिले मात्र निरन्तरता दिएका छन् । कुमाल समुदायले उत्पादन गर्ने सामग्री गाउँमा नपुग्दा मृत्यु कार्यमा प्रयोग गरिने हाँडी ९बुछालु० पाउन छाडिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका स्थानीयवासी एवं नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का स्थानीय नेता हर्कराज राईले बताउनुभयो ।
माटोको भाँडामा राखेको दही, मही, घ्यू लामो समयसम्म नबिग्रने, माटोको भाँडामा दाल तथा मासु पकाउँदा छिटो पाक्ने, मकै भुटेर खाँदा मिठो हुने, पानी चिस्साएर राख्न उपयोगी हुने गरेको जनाइएको छ । माटोको भाँडा प्रयोग गर्नु स्वास्थ्यका लागि उपयुक्त हुनुका साथै विभिन्न संस्कार÷संस्कृतिमा नभई नहुने हुन्छ ।
Categorized in विचार


