STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

डेंगु संक्रमण बढेपछि अमेरिकाले जारी गर्‍यो ‘ट्राभल नोटिस’

Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र २६, बिहिबार

२६ भदौ, काठमाडौं । अमेरिकाले डेंगुलगायतका लामखुट्टेजन्य रोगको खतरा बढेको भन्दै एसिया, अफ्रिका, मध्यपूर्व र अमेरिकी महादेशको यात्रामा सतर्क रहन आफ्ना नागरिकहरूलाई आग्रह गरेको छ । एसिया, प्रशान्त टापु, अफ्रिका, मध्यपूर्व र अमेरिकी महादेशमा पछिल्ला केही महिनायता डेंगुको संक्रमण बढेको छ । डेंगुलगायतका लामखुट्टेजन्य रोग फैलिएपछि अमेरिकाकाले ट्राभल नोटिस जारी गर्दै सतर्क रहन आफ्ना नागरिकहरूलाई आग्रह गरेको हो । यूएस सेन्ट्रिज फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन सीडीसीले जारी गरेको सूचनामा बांगलादेश, फ्रेन्च पोलिनेसिया ताहिती र बोराबोरा, फिलिपिन्स, सिंगापुर, श्रीलंका र मार्सल आइल्यान्डमा डेंगुको संक्रमण उच्च रहेको उल्लेख छ । क्षेत्रमा संक्रमण उच्च रहेकाले उसले सतर्क रहन भनेको छ ।यूएस सेन्ट्रिज फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन सीडीसीले जारी गरेको सूचनामा बांगलादेश, फ्रेन्च पोलिनेसिया ताहिती र बोराबोरा, फिलिपिन्स, सिंगापुर, श्रीलंका र मार्सल आइल्यान्डमा डेंगुको संक्रमण उच्च रहेको उल्लेख छ । क्षेत्रमा संक्रमण उच्च रहेकाले उसले सतर्क रहन भनेको छ । सीडीसीले डेंगुबाट बढी प्रभावित देशहरूको सूचीमा नेपालको नाम उल्लेख नगरे पनि प्रभावित क्षेत्रहरुको नक्सामा भने समेटिएको छ । दक्षिण एसियाकै भारत, पाकिस्तानसँगै बर्मा, लाओस, कम्बोडिया, थाइल्यान्ड, मलेसिया, न्यूक्यालेडोनियालगायत देशको नाम पनि डेंगु संक्रमणमा रहेकाले सतर्क रहन सुझाइएको छ । ‘जागरणमा नेपाल अगाडि’ एसियाका नेपाल, भारत, बांगलादेशलगायतका देशहरु लामखुट्टेजन्य रोगको संक्रमणमा परे पनि यसको नियन्त्रणका लागि नेपाल अगाडि रहेको धधध।लभधकज्ञड।अयm ले जनाएको छ । स्थानीय तहलगायतसँग सहकार्य गरेर जागरण अभियान सञ्चालन गरिएको भन्दै उसले नेपालको प्रशंसा गरेको छ । समाचारमा उसले इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डा। प्रकाश साहको भनाइ पनि समेटेको छ । जसमा उनले गृहमन्त्रालयले सार्वजनिक स्थानहरु सफाइका लागि निर्देशन दिएको जनाएका छन् । दक्षिण एसियाली देश बांगलादेशमा भने संक्रमण बढ्दै गएको जनाइएको छ । संक्रमण बढेपछि सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । छिमेकी देश चीन पनि डेंगुबाट प्रभावित भएको छ । समाचार अनुसार पूर्वी चीनका ६ सयभन्दा बढी डेंगु संक्रमणका कारण बिरामी परेका छन् । अनलाइन खबर
Categorized in राष्ट्रिय