STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कलाकार संघको शुभकामना कार्यक्रम सम्पन्न

Janjati Khabar – जनजाति खबर | २०७६ आश्विन २६, आइतबार

नेपाल चलचित्र कलाकार सङ्घको आयोजनामा नेपालीहरुको महान् चाड बडा दशैँ, तिहार, छठ एवम् नेपाल सम्वत् ११४०को अवसर पारेर दशै टीकासहितको शुभकामना आदान(प्रदान तथा चियापान कार्यक्रमको आज शुक्रबार धुम्रबाराही स्थित स्काइ रेस्ट्रो तथा बेंक्वेट मा उल्लेखनिय कलाकारहरुको उपस्थितिमा भब्यताका साथ सम्पन्न भएको छ । कार्यक्रममा सङ्घका अध्यक्ष श्री रविन्द्र खड्का ज्यु तथा बिशिष्ठ चलचित्रकर्मी तथा गीतकार श्री यादव खरेलज्यु ले उपस्थित कलाकारहरुलाई टीका लगाई दिएका थिए । साथै सङ्घका उपाध्यक्ष श्री मोहन निरौलाज्युले औपचारिक कार्यक्रमको उद्द्घोस गर्नुभएको थियो भने उक्त कार्यक्रममा सङ्घका महासचिव चेतबहादुर सिंह ‘राजा’ले स्वागत मन्तव्य राखेका थिए । नेपाल सङ्गीत तथा नाट्य कला प्रतिष्ठानका उपकुलपति तथा संघका पूर्व अध्यक्ष, सल्लाहकार श्री हरिहर शर्मा, सङ्घका अर्का पूर्व अध्यक्ष, सल्लाहाकार तथा नेपाल फिल्म सोसाइटीका अध्यक्ष श्री कृष्ण मल्ल , संघका बर्तमान सल्लाहकार श्री मदु कुमार श्रेष्ठ , चलचित्र निर्माता सङ्घका अध्यक्ष श्री आकाश अधिकारी , बरिष्ठ अभिनेता श्री टिका पहाडी , वरिष्ठ चरित्र अभिनेत्री श्री लक्ष्मी गिरी, बरिष्ठ गाएक श्री आनन्द कार्की , बरिष्ठ निर्देशक डा। घनश्याम खतिवडा , बरिष्ठ नायक श्री धिरेन शाक्य, पुरन जोशी ,नेपालभाषा चलचित्र का प्रथम नायक जय श्रेष्ठ, सञ्चारकर्मीहरु विजयरत्न तुलाधर,डब्बु क्षेत्री,सरोज प्याकुरेल लगायतले सङ्घले नेपालीहरुको महान चाडका अवसरमा कलाकारहरुलाई एकठाउँमा भेला गराई शुभकामना आदान–प्रदान गर्ने कार्यको सुरुवात गरेर राम्रो काम गरेको भन्दै सङ्घले गरेको कार्यक्रमको प्रशंसा गरेका थिए । संघको ३१ बर्षको लामो ईतिहासमा पहिलो पटक थालनि गरिएको बिजया दशमीको टिका लगाउने लगाएत अन्य चाडको शुभकामना आदान प्रदान गरी भाईचाराको सम्बन्ध तथा ठुलालाई सम्मान र साना लाई माया तथा प्रोत्साहन गर्ने हेतुले गरिएको उक्त कार्यक्रममा टिका लगाइ रु। ३१ र( का दरले सबैलाई दक्षिणा समेत् प्रदान गरिएको कार्यक्रममा कलाकार, गितकार, संगीतकार, चलचित्र सँग सम्बन्धित बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति सहितको हर्षोउल्लासमय् तरिकाले टिका कार्यक्रम कारीब ३ घण्टा लामो चलेको थियो ।
Categorized in सिनेमा