STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

एशियन क्षेत्रीय बाख्रा विज्ञ सम्मेलन शुरु

Janjati Khabar – जनजाति खबर | २०७६ कार्तिक ४, सोमबार

चितवनमा आइतबारदेखि एशियन क्षेत्रीय बाख्रा विज्ञ सम्मेलन शुरु भएको छ । कृषि तथा वनविज्ञान विश्वविद्यालय, पशु चिकित्सा तथा मत्स्य विज्ञान सङ्कायको आयोजनामा शुरु भएको सम्मेलनमा विभिन्न १७ देशका बाख्रासम्बन्धी विज्ञहरुको सहभागिता रहेको छ । सम्मेलनको एक कार्यक्रमका बीच राष्ट्रियसभाअन्तर्गतको राष्ट्रिय सरोकार समितिकी सभापति दिलकुमारी रावलले उद्घाटन गर्नुभयो । कात्तिक ६ गतेसम्म चल्ने सम्मेलनमा नेपालसहित भारत, पाकिस्तान, चीन, क्यूवा, अमेरिका, क्यानडा, इटाली, जापान, हङ्गेरी, चीन, इन्डोनेशिया, बङ्गलादेश, फ्रान्स र केन्या देशका बाख्रा विशेषज्ञ सहभागी छन् । ‘विकासशील विश्वमा खाद्य तथा पोषण सुरक्षाका लागि बाख्रापालन’ भन्ने मूलनाराका साथ शुरु सम्मेलनले चितवनको कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरमा वैज्ञानिक बाख्रापालनको नमूना राष्ट्रिय अनुसन्धान तथा स्रोत केन्द्र बनाउने दीर्घकालीन उद्देश्य लिएको कार्यक्रम संयोजक प्रा डा शारदा थपलियाले जानकारी दिनुभयो । उहाँले सम्मेलनमा बाख्रापालन व्यवसायको विश्वव्यापी चुनौतीका रुपमा रहेको पिपीआर रोग र त्यसको नियन्त्रणजस्ता विभिन्न विषयमा समूहगत छलफल गरिने बताउनुभयो । सम्मेलनमा खाद्य तथा पोषणको स्रोत बाख्रा, बाख्रा उत्पादनका नीति, सामाजिक आर्थिक तथा मूल्य शृङ्खला र विकास, बाख्राको आहार, पोषण तथा बासस्थान व्यवस्थापन, आनुवंशिकी, प्रजनन तथा जैविक प्रविधि व्यवस्थापनसम्बन्धी सात विशेषज्ञ, २१ आमन्त्रित, ३५ मौखिक एवं ५२ बढी पोष्टर गरी जम्मा ११५ भन्दा बढी कार्यपत्रहरु प्रस्तुत गरिने सम्मेलनका सदस्य सचिव डा निराजन भट्टराईले जानकारी दिनुभयो ।
Categorized in राष्ट्रिय