STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

भानुआतुको तटीय क्षेत्रमा ६।४ म्याग्नीच्युडको भूकम्प

Janjati Khabar – जनजाति खबर | २०७६ कार्तिक ४, सोमबार

 भानुआतुको तटीय क्षेत्रमा सोमबार ६।४ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जनाएको छ । स्थानीय समय अनुसार सोमबार अपराह्न २ बजे सो भूकम्प आएको थियो । सो भूकम्प आउनु १२ घण्टा अगाडि भानुआतुको तटीय क्षेत्रबाट ९१ किलोमिटर टाढा रहेको इलाका प्रभावित हुने गरी ४।५ म्याग्नीच्युडको भूकम्प गएको थियो । भूकम्पपछि हालसम्म सुनामीको चेतावनी जारी नगरिएको र धनजनको क्षतिको पनि कुनै विवरण प्राप्त भएको छैन ।
Categorized in अन्तर्राष्ट्रिय