STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

स्यालको टोकाइबाट १६ घाइते

Janjati Khabar – जनजाति खबर | २०७६ कार्तिक २०, बुधबार

स्यालको टोकाइबाट सिरहाको लहान नगरपालिका–४ स्थित कुमहार टोलका १६ घाइते भएका छन् । बहुला स्याल बस्तीमा प्रवेश गरी स्थानीयवासीलाई टोकेको हो । स्यालको टोकाइबाट घाइते भएका सबैको लहानस्थित रामप्रसाद उमाप्रसाद स्मारक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । सिरहा र सप्तरीको सिमानामा पर्ने बलान खोलातर्फबाट मङ्लबार साँझ अचानक गाउँ पसेको बहुला स्यालले जथाभावी टोक्न थालेपछि स्थानीयवासी आतङ्कित बनेका छन् । स्यालको टोकाइबाट स्थानीय ७० वर्षीय रामबालक पण्डित, ४५ वर्षीय सोनाइ मेस्तर, पाँच वर्षीय मो रेहान, गुलाबदेवी महतो, सञ्जुदेवी महतो, प्रदीप महतो, सुरजकुमार दास, नन्दनी मेहतर, रविनाकुमारी मेहतर, सञ्जीवकुमार दासलगायतका घाइते भएका इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । बस्तीमा स्याल पसेको सूचना पाएलगत्तै खटिएको प्रहरी टोली र स्थानीयवासीले स्याललाई धपाएको जनाएको छ । लागुऔषधसहित एक युवक पक्राउ प्रतिबन्धित लागुऔषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेकोे छ । इलाका प्रहरी कार्यालय बरीयारपट्टिबाट खटिएको टोलीले लागुऔषधसहित सिरहाको गोलबजार नगरपालिका–४ निवासी १९ वर्षीय विजयकुमार यादवलाई पक्राउ गरेको हो । भारतीय बजार लदनियातर्फबाट आउँदै गरेको अवस्थामा जाँच गर्ने क्रममा यादवको साथबाट नाइट्रोभेट ३६ थान, नाइट्रोजन १०० थान, स्पासो २४ थान र दुई थान डाइलेक्स डिसी बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो ।
Categorized in अपराध-दुर्घटना