वडा कार्यालय भवन उद्घाटन
Janjati Khabar – जनजाति खबर | २०७६ मङ्सिर १६, सोमबार
विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले जनताका सेवा र सुविधाका निम्ति वडा कार्यालयको आफ्नै भवन हुनुपर्ने बताउनुभएको छ । विराटनगर वडा नं १७ को नवनिर्मित वडा कार्यालय भवनको आइतबार उद्घाटन गर्दै उहाँले जनप्रतिनिधिलाई जनताको काममा विशेष ध्यान दिन आग्रह गर्नुभयो ।
रानीमा नवनिर्मित सो भवन रु ६३ लाख लागतमा निर्माण गरिएको हो । उन्नाइस वटा वडा रहेको महानगरपालिकामा वडा नं। ५, १५ र १८ का वडा कार्यालय बनिसकेका छैनन् । वडा नं ८ को वडा कार्यालय मन्दिरको भवन बहालमा लिई प्रयोग भइरहेको छ । वडा नं ११ को कार्यालय भने निर्माणाधीन छ । अन्य वडाको आफ्नै कार्यालयबाट जनतालाई सेवा प्रदान गरिएको महानगरपालिकाका कर्मचारी सुमन दाहालले जानकारी दिनुभयो ।
१९ सिलाइ यन्त्र प्रदान
नगरक्षेत्रका महिलालाई स्वरोजगार आर्जन गराउन १९ सिलाइ यन्त्र आज यहाँ वितरण गरिएको छ । विराटनगर महानगरपालिका–८, शैलजा आचार्य स्मृति पोलिटेक्निक र कृष्णप्रसाद कोइराला सेवागुुठीद्वारा आयोजित सिलाइकटाइ तथा सौन्दर्य तालीम समापनपछि उक्त यन्त्र प्रदान गरिएको हो ।
गरीब तथा अति विपन्न वर्गका महिलालाई ३९० घण्टे तालीम प्रदान गरिएको थियो । महानगरपालिकाका प्रमुुख भीम पराजुुली र उपप्रमुुख इन्दिरा कार्कीले महानगरपालिकाका सबै वडाका महिलालाई विभिन्न प्रकारका सीपमूलक तालीम सञ्चालन गरी आयआर्जनमा सहयोग पु¥याउने काम भइरहेको जानकारी दिनुभयो । तालीममा २० महिलाले सिलाइकटाइ तथा ३० महिलाले सौन्दर्य तालीम लिएको वडा नं ८ का वडाध्यक्ष निश्चल अर्यालले जानकारी दिनुुभयो ।
Categorized in राष्ट्रिय


