STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

भीमसेन मन्दिर पुनःनिर्माणमा इन्भेष्टमेण्ट बैंकको सहयोग

Janjati Khabar – जनजाति खबर | २०७६ माघ १, बुधबार

पाटनको प्रसिद्ध भीमसेन मन्दिर पुनःनिर्माणका लागि नेपाल इन्भेष्टमेण्ट बैंकले आज रु ५० हजार सहयोग गरेको छ । मन्दिर पुनःनिर्माण सरोकार समितिका अध्यक्ष कृष्णलाल महर्जनलाई बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डेले सो रकम हस्तान्तरण गर्नुभएको हो । सो बैंकका अध्यक्ष पुथ्वीबहादुर पाण्डेले केही समय पहिले नै उक्त रकमको घोषणा गर्नुभएको थियो । आज प्रतिबद्धताअनुसार रकम हस्तान्तरण गरिएको हो । सहयोग ग्रहण गर्दै समितिका अध्यक्ष महर्जनले प्राप्त रकमले पुनःनिर्माण कार्यलाई समयमा नै सम्पन्न गर्न सहयोग पुग्ने बताउनुभयो । विसं। २०७२ वैशाख १२ को भूकम्पबाट क्षतिग्रस्त पाटन मङ्गलबजारस्थित व्यापारीवर्गको आराध्य देवताका रूपमा रहेको भीमसेन मन्दिर पुनःनिर्माण भइरहेको छ । गतवर्ष ललितपुर महानगरपालिका, ललितपुर उद्योग वाणिज्य सङ्घ, मङ्गल टोल सुधार समितिलगायत जातीय समाज, व्यापारिक वर्ग, सङ्घसंस्थासमेत संलग्न रहेको ‘श्री भिमसेन मन्दिर पुनःनिर्माण सरोकार समिति’ बनेको थियो । उक्त समितिमार्फत आर्थिक स्रोत जुटाएर मन्दिरको पुनःनिर्माणको काम अघि बढेको छ । “हाम्रो सम्पदा हामी आफैँ बनाउने” भन्ने नाराका साथ अघि बढेको पुनःनिर्माणमा प्राविधिक सहयोग काठमाडौँ उपत्यका संरक्षण कोष ९केभिपिटि० ले गरिरहेको छ । मन्दिर पुनःनिर्माणमा छानामा सुन लेपन बाहेक रु। चार करोड ९३ लाख लाग्ने अनुमान गरिएको छ । विभिन्न क्षेत्रले सहयोग पु¥याउँदै आएको समितिले जनाएको छ ।
Categorized in राष्ट्रिय