STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अधिवक्ता त्रिपाठीमाथिको कुटपिट आरोपमा तीनजना पक्राउ

Janjati Khabar – Janjati Khabar | २०८१ माघ ७, सोमबार

काठमाडौं - प्रहरीले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिटमा संलग्न रहेको आरोपमा थप एकजनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार झापा बुद्ध शान्ती गाउँपालिका-४ घर भई काठमाडौं शान्तीनगर बस्ने ५५ वर्षीकी शीतल राई भन्ने सितादेवी राईलाई पक्राउ गरिएको हो ।

योसँगै त्रिपाठीमाथि कुटपिट आरोपमा पक्राउ परेका व्यक्तिहरूको संख्या ३ जना पुगेको छ । यसअघि हुम्ला अदानचुली गाउँपालिका- ४ घर भई काठमाडौं सूर्यदर्शन हाइट ३२ वर्षीय महेन्द्र पाण्डे र दोलखा तामाकोशी गाउँपालिका- १ घ भई ललितपुर महालक्ष्मी- ५ टिकाथली बस्ने ४८ वर्षीय ललितकुमार केसी पक्राउ गरिएको थियो । 

पक्राउ परेकाहरूमाथि प्रहरी वृत्त सिंहदरबारबाट थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । यहि माघ २ गते काठमाडौं अदालतको परिसरमा त्रिपाठीमाथि हातपात भएको थियो । सहकारी रकम अपचलनमा रविविरुद्धको मुद्दामा त्रिपाठीले सहकारीपीडितको तर्फबाट बहस गरेका थिए ।

Categorized in राष्ट्रिय