STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अमेरिकामा ग्याँस सिलिण्डर विस्फोटबाट २० घाइते

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ २२, आइतबार

अमेरिकाको दक्षिणपूर्वी सहर फ्लोरिडामा ग्याँस सिलिण्डर विस्फोट हँुदा कम्तीमा २० जना घाइते भएका छन् । प्लान्टेसन सहरमा रहेको व्यापारीक केन्द्रमा शनिबार भएको विस्फोटमा परी उनीहरु घाइते भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्लान्टेसनस्थित अग्नि नियन्त्रक समूहका प्रमुख जोएल गोर्दोनले जानकारी दिनुभयो । सामाजिक सञ्जालमा देखिएको घटनास्थलसम्वन्धी भिडियो हेर्दा घटनास्थलमा धेरै नै क्षति भएको जस्तो देखिएको छ । घटनाकाबारेमा अनुसन्धान भइरहेको प्रहरी अधिकारीहरूले बताएका छन् ।
Categorized in अन्तर्राष्ट्रिय