STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

असारभित्रै विद्यार्थीलाई एसईईको प्रमाणपत्र

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ २९, बिहिबार

काठमाडाैं - मन्त्रीपरिषद्को बुधबार सम्पन्न बैठकले विद्यालयले आन्तरिक मुल्याङकनको आधार मानेर विद्यार्थीलाई प्रमाणपत्र दिने निर्णय गरेको थियो । शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले असार महिनाभित्र एसईईको सबै काम सक्नेगरी तयारी भैरहेको बताउनुभएको छ ।  गत चैतमा ५ गते स्थगित भएको २०७६ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन नहुने भएपछि मन्त्रालयले कार्यविधि निर्माण शुरु गरेको छ । मन्त्री पोखरेलले राष्ट्रिय बोर्डले कार्यविधि निर्माण गरेपछि प्रकृया शुरु हुने बताउनुभएको छ । त्यसअघि मन्त्रीपरिषद्को निर्णय प्रमाणिकरण भै मन्त्रालयमा आउने क्रममा रहेको उहाको भनाई छ । अभिभावक महासंघ, प्याब्सन र एन प्याब्सनले मन्त्री पोखरेलले गर्नुभएको निर्णय स्वागतयोग्य रहेको बताएका छन ।  बोर्डले कार्यबिधि बनाएर प्रमाणिकरण गरेपछि असारभित्र सबै प्रकृया शुरु गर्ने मन्त्री पोखरेलको बनाई छ । ‘केही ब्यवाहारिक पक्षको विषयमा निर्णय गर्नुपर्नेछ , सत्यायन गर्नुपर्छ, कुन विधिबाट कसरी प्रकृया शुरु गर्ने लगायतका विषयमा निर्णय भएपछि मात्रै विद्यालयले आन्तरिक मुल्याङकन गरी नम्बर पठाउने व्यवस्था हुनेछ –मन्त्री पोखरेलको भनाई थियो । मन्त्री पोखरेलले सबै कार्यविधि तयार भएर बोर्डबाटै प्रमाणीकरण गरी प्रकृया शुरु गर्नुपर्ने भएकोले केही दिन ढिलो हुनसक्छि भन्नुभयो । तर सबै प्रकृया असारमा सम्पन्न गर्नेछौ–मन्त्री पोखरेलको भनाई थियो । विद्यार्थीलाई बोर्डलेनै लब्धाङकपत्र दिनेछ । चैत ६ गतेबाट सुरु हुने भनिएको परीक्षा अघिल्लो दिन अर्थात चैत ५ गते स्थगित भएको थियो ।  
Categorized in राष्ट्रिय