STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

आँधीका कारण दक्षिण अफ्रिकाका पाँच लाख विस्थापित

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र १३, बुधबार

आँधीबाट प्रभावित भएका दक्षण अफ्रिकाका पाँच लाखभन्दा बढी बासिन्दा विस्थापित भएका छन् । सहयोगदाताहरुले उनीहरुलाई औषधी, खाना, पाल लगायतका सहयायता सामग्रीहरु उपलब्ध गराएका छन् । आँधीसँगै आएको अत्यधिक बर्षा, हावाहुरी र बाढीले झण्डै सात सय जनाको मृत्यु भएको छ भने अरु थुप्रै भौतिक क्षति भएको छ । आँधीले मोजाम्बिक, जिम्बाबे र मलावी क्षेत्रलाई प्रभावित पारेको छ । आँधीबाट प्रभावित भएको मध्ये झण्डै तीन हजार १२५ बर्ग किलोमिटर क्षेत्रमा अहिले पनि पानी रहेको अधिकारीहरुले बताएका छन् । विश्व खाद्य कार्यक्रम ९डब्लुएफपी०द्वारा जारी वक्तव्यमा भनिएको छ, “हामीलाई प्राप्त पछिल्लो विवरण अनुसार आँधीबाट प्रभावित तीन देशका झण्डै पाँच लाख जना विस्थापित भएका छन् ।” यही मार्चको १५ तारिखका दिन यस क्षेत्रमा भिषण आँधी आएको थियो । आँधीबाट प्रभावितलाई थप सहयोगको आवश्यकता रहेको सहयोगदाताहरुले बताएका छन् ।
Categorized in अन्तर्राष्ट्रिय