STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

आजदेखि उपत्यकाबाट बाहिरि सवारीकाे यान्त्रिक परीक्षण अनिवार्य

Janjati Khabar – Janjati Khabar | २०७९ आश्विन ९, आइतबार

काठमाडौं - चाडपर्वमा हुने दुर्घटनालाई मध्यनजर गर्दै आजदेखि काठमाडौं उपत्यकाबाट बाहिरिने लामो तथा छोटो दुरीका सवारी साधनले अनिवार्य यान्त्रिक परीक्षण गराउनु पर्ने भएकाे छ।

काठमाडौं उपत्यकाबाट बाहिरिने मुख्य–मुख्य नाकामा सवारी साधनहरुको चेक जाँचको व्यवस्था मिलाइएको छ । दशैंको समयमा सम्भावित दुर्घटना रोक्ने उद्देश्यले सवारी साधनको यान्त्रिक परीक्षण अनिवार्य गरिएको हो ।

लामो दुरीका सवारी साधनमा दुईजना चालक अनिवार्य राख्नुपर्ने, सवारी साधनमा सरोकारवालाको फोन नम्बर यात्रुले देख्ने गरी राख्नुपर्ने,यात्रुको बिमा गरिएको हुनुपर्ने, टाइम कार्ड पालना गर्नुपर्ने र गाडीमा झुण्डिएर र छतमा बसेर यात्रा गर्न नपाइने गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताए।

यो नियम सबै प्रकारका सार्वजनिक र भाडामा प्रयोग गरिएका निजी गाडीहरुमा पनि लागू हुने उनले बताए। 

Categorized in राष्ट्रिय