STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

आजैदेखि नयाँ राजनीतिक यात्रा सुरु : प्रधानमन्त्री प्रचण्ड

Janjati Khabar – Janjati Khabar | २०७९ फाल्गुण १२, शुक्रबार

 

काठमाडौं - शुक्रबार साँझ बालुवाटारमा आठ दलबीच राष्ट्रपतिको उम्मेदवार नेपाली कांग्रेसबाट बनाउने सहमति भएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आजैबाट नयाँ राजनीतिक यात्राको सुरुवात भएको बताएका छन् । राष्ट्रपतिमा सबैको सहमति भएसँगै प्रधानमन्त्री प्रचण्डले सहमतिसँगै नयाँ राजनीतिक यात्रा सुरु भएको बताएका हुन् ।

राष्ट्रपतिमा आठ दलबीच सहमति भएसँगै प्रधानमन्त्री प्रचण्डको भनाई उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले आजैदेखि नयाँ राजनीतिक यात्रा सुरु भएको भन्दै यसलाई अघि बढाउ, समृद्धि ल्याउन र एकताबद्ध भएर जान सबैलाई प्रचण्डले आग्रह गरेको जानकारी दिए ।

कांग्रेसलाई राष्ट्रपति दिने बैठकले सहमति जनाए पनि कांग्रेसबाट को राष्ट्रपतिको उम्मेदवार बन्छ भन्ने विषयमा भोलि बिहान बैठक बसेर तय गरिनेछ । कांग्रेसबाट शेरबहादुर देउवा, रामचन्द्र पौडेल, कृष्ण सिटौलालगायत चर्चामा छन् ।

बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा नेपाल, राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी, लोसपा र जनमत पार्टीका शीर्ष नेताहरुको सहभागिता रहेको थियो । पूराना पाँच दलीय गठबन्धनमा तीन दल पनि मिसिएका थिए । बैठकमा जनमत पार्टी, लोसपा र नागरिक उन्मूक्ति पार्टी पनि थपिएका हुन्।

Categorized in राजनीति