STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

आज प्रतिनिधिसभा विघटनविरूद्ध रिटको सुनुवाइ

Janjati Khabar – Janjati Khabar | २०७८ जेठ १३, बिहिबार

प्रतिनिधिसभा विघटनविरूद्ध सर्वोच्च अदालतमा परेका रिटहरूमाथि आज सुनुवाइ हुने भएको छ ।

सर्वोच्च अदालतले प्रधामन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न र सदन पुनर्स्थापनाका लागि परमादेश माग गरिएका १९ रिटको सुनुवाइ आज गर्ने भएको हो । सर्वोच्चले संवैधानिक इजलासमा सुनुवाइको माग गरिएका ११ रिटको भने शुक्रबार सुनुवाइ हुने छ ।

यसअघि सोमबार प्रधानमन्त्रीमा विपक्षी गठबन्धनका शेरबहादुर देउवालाई नियुक्ति गर्न, चुनाव गराउने राष्ट्रपतिको निर्णय कार्यान्वयन नगर्न, चुनावी कार्यक्रम रोक्न र संविधानले तोकेकै मितिमा बजेट ल्याउन प्रतिनिधिसभा बैठक आह्वानको प्रबन्ध गर्नुपर्ने मागसहित विपक्षी गठबन्धनले सोमबार सर्वोच्चमा रिट दायर गरेको थियो । रिटमा विपक्षी गठबन्धनका १ सय ४६ सांसदको हस्ताक्षर छ ।

सम्भवतः नेपालको न्यायिक इतिहासमै पहिलोपटक सर्वोच्चमा रिटका लागि ठूलो भीड जम्मा भयो । रिट दर्ताका लागि जम्मा भएका १ सय ४६ सांसदको लाइन सर्वोच्चको आँगन हुँदै बगैँचासम्म पुगेको थियो ।

लामबद्ध सांसदहरूको सनाखतसहित पेस भएको रिटमा ७ वटा माग गरिएको छ । संसद विघटन गरेर मध्यावधि चुनावको घोषणा गर्ने सरकार र राष्ट्रपति कार्यालयविरुद्ध सर्वोच्च अदालतमा माधव नेपाल समूहसहित ५ दलीय गठबन्धनले रिट पेस गरेका हुन्, जसमा प्रधानमन्त्रीमा गठबन्धनका शेरबहादुर देउवालाई नियुक्ति गर्न, चुनाव गराउने राष्ट्रपतिको निर्णय कार्यान्वयन नगर्न-नगराउन, चुनावी कार्यक्रम रोक्न, संविधानले तोकेकै मितिमा बजेट ल्याउन प्रतिनिधि सभा वैठक आव्हानको प्रबन्ध मिलाउन, गर्नुपर्ने रिटमा उल्लेख छ ।

यसैगरी धारा ७६ (५) को प्रधानमन्त्रीलाई समर्थन गर्ने सांसदलाई दलीय कारबाही नगर्न, राजस्व र व्यायको अनुमान अध्यादेशमार्फत नल्याउन र दूरगामी महत्वका एवं नीतिगत निर्णय गर्न-नगराउन अन्तरिम आदेशको माग पनि गरिएको छ ।

Categorized in राजनीति