STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

आज प्रतिनिधि सभाकाे बैठक बस्दै, के के।छन् त कार्यसूची ?

Janjati Khabar – Janjati Khabar | २०७९ माघ १८, बुधबार

काठमाडौं- प्रतिनिधि सभाको बैठक बुधबार बस्दैछ । बैठक दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जितेको चितवनको प्रतिनिधि सभा क्षेत्र नम्बर २ खाली भएको जानकारी गराइने छ ।

सर्वोच्च अदालतको आदेश अनुसार लामिछाने निर्वाचित हुँदा उनको नागरिकता नै अवैध रहेकाले सांसद पद खारेज भई उक्त क्षेत्र खाली भएको जानकारी गराइने छ ।

यस्तै, बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट विभिन्न मन्त्रीहरुको कार्यभार तोकिएको सम्बन्धी पत्र पढेर सुनाउने कार्यसूचि पनि रहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘राष्ट्रिय मानव अधिकार आयोगको २२ औं वार्षिक प्रतिवेदन पेश गर्नेछन्।

Categorized in राजनीति