आत्मदाहको प्रयास गरेकाको मृत्यु
Janjati Khabar – जनजाति खबर | २०७७ जेठ २६, सोमबार
काठमाडाैं - बयलपाटा अस्पतालले कामबाट हटाएपछि अस्पतालमै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका सिद्धार्थ आउजीको मृत्यु भएको छ ।उनको नेपालगजको कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यलय साफेबगरका प्रमुख नरपति भट्टले जानकारी दिए।
साँफेबगर नगरपालिका-६ भागेश्वरका सिद्धार्थले सोमबार बिहान अस्पतालमै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए।गम्भीर घाइते भएका आउजीको स्थानिय स्तरमा उपचार सम्भव नभएपछि कोहलपुर रेफर गरिएको थियो।
उनी बयलपाटा अस्पतालका सरसफाइ कर्मचारी हुन्। बयलपाटा अस्पतालले दाताहरुबाट रकम कटौती हुदै आएपछि कर्मचारी पाल्न नसक्ने भन्दै अहिले ३२ जना कर्मचारीलाई हटाएपछि चौतर्फी विरोध भइरहेको छ ।
कर्मचारी हटाइएको सूचीमा सिद्धार्थ समेत परेका थिए । उनलाई दुई महिना अगाडि नै हटाइएको पत्र दिइएको थियो । उनको पुरानो नियुक्ति सकिन अझैं दुई महिना बाँकी रहेको छ।उनको एक दश महिनाकी छोरी, ४ वर्षका छोरा र श्रीमती छन् ।
यता बयालपाटा अस्पतालले भने अस्पतालमा आर्थिक अभाव भएको भन्दै कार्यसम्पादन र अनुशासनको आधारमा कर्मचारी हटाएको बताएको छ।
Categorized in राष्ट्रिय