STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

आनी छोइङ डोल्मा डब्लूडब्लूएफ सद्भावना दूत

Janjati Khabar – Janjati Khabar | २०७८ बैशाख १, बुधबार

विश्वव्यापी रूपमा बढ्दो वातावरणीय समस्याको न्यूनीकरण तथा संरक्षणमा पूर्वीय संस्कृति एवं सभ्यताको प्रचारप्रसार गराउने उद्देश्यले विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ) नेपालले गायिका आनी छोइङ डोल्मालाई सद्भावना दूत नियुक्त गरेको छ ।

विश्वमा सयभन्दा बढी देशमा संयन्त्र विस्तार भएको यस संस्थाले हालै आनी छोइङलाई सद्भावना दूत नियुक्त गरेर वातावरण संरक्षणमा नेपालका प्रयासहरु र नेपालले गर्नुपर्ने कार्यहरुका बारेमा विश्वव्यापी अभियानको थालनी गरेको बताएको छ ।

डब्लूडब्लूएफ नेपालले विगतमा विभिन्न अभियानहरूमा अभियानदूतका रुपमा विभिन्न व्यक्तित्वलाई छनोट गरे पनि पहिलोपटक सदुभावना दूतको घोषणा गरी संरक्षण अभियानलाई विश्वव्यापी रुपमा सञ्चालन गर्न लागेको जनाएको छ ।

सन्तुलित विकासका लागि अध्यात्मिक र धार्मिक मूल्यमान्यता एवं विश्वासलाई विस्तार गर्नु आवश्यक भएकाले यस अभियानमा लामो समयदेखि क्रियाशील रहेकी आनी छोङलाई सद्भावना दूत नियुक्त गरिएको डब्लूडब्लूएफ नेपालका राष्ट्रिय प्रतिनिधि डा. घनश्याम गुरुङले जानकारी दिए ।

Categorized in व्यक्तित्व