आवधिक योजनामा घरको सङ्ख्या पनि
Janjati Khabar – जनजाति खबर | २०७६ आश्विन ९, बिहिबार
आवधिक योजना निर्माणलाई सहयोग पु¥याउने उद्देश्यले पाँचथरको याङ्वरक गाउँपालिकाले घरधुरीको तथ्याङ्क लिनका लागि स्टिकर टाँस्न शुरुआत गरेको छ । वस्तुगत विवरण तयार पार्नका लागि प्रत्येक घरको मोबाइल एप्समार्फत सङ्ख्या लिन थालिएको गाउँपालिकाका अध्यक्ष लेखनाथ घिमिरले बताउनुभयो ।
अहिले पहिलो चरणमा वडा नं २,४ र ६ मा घरको सङ्ख्या गणना गर्न थालिएको र बाँकी वडामा क्रमशः गणना गदै जाने उपाध्यक्ष कमलकुमारी योङहाङले जानकारी दिनुभयो । गाउँपालिकाले थालनी गरेको आवधिक योजना निर्माणमा सङ्ख्या राख्दा धेरै सहज हुने उहाँले बताउनुभयो ।
घरसङ्ख्याको आधारमा मोबाइल एप्समार्फत उक्त घरको विस्तृत विवरण थाहा पाइने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रवीणहाङ योङहाङले बताउनुभयो । पारिवारिक विवरण, जग्गाजमीनको स्वामित्व, आर्थिक स्थिति, पेशा, व्यवसाय, अपाङ्गता, गर्भावती महिलालगायत सबै विवरण थाहा पाइने गाउँपालिकाका कम्प्युटर अपरेटर गणेश खतिवडाले बताउनुभयो । घरको सम्पूर्ण विवरण थाहा पाउने भएपछि गाउँपालिकालाई योजना निर्माणका क्रममा रणनीति बनाउनसमेत सहयोग पुग्ने उहाँको भनाइ थियो ।
Categorized in राष्ट्रिय


