STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उत्तराखण्डमा हिमनदी विस्फोट : एक नेपालीसहित ८ जनाको मृत्यु पुष्टी, १ सय २५ जनाकाे खाेजी जारी

Janjati Khabar – एजेन्सी | २०७७ माघ २६, सोमबार

भारतको उत्तराखण्ड राज्यमा हिमपहिरो सहितको पहाड नै नदीमा खसेपछि आएको बाढीले बाँध भत्किदा सयौं मानिस हराइरहेका छन् भने कयौंको मृत्यु भएको आशंका गरिएको छ ।

उत्तराखण्डस्थित सो बाँध भत्किएपछि तल्लो तटीय क्षेत्रमा ठूलो बाढी पसेको हो । अधिकारीहरूका अनुसार १ सय २५ जनाभन्दा बढी स्थानीयहरू हराएको आशंका गरिएको छ । बाढीको भेल तीव्र गतिमा बस्तीहरुमा पसेपछि धेरै नोक्सानी पुर्‍याएको छ । चमोली जिल्लाको धौलीगंगा नदीमा आएको बाढीले बाँध भत्काएको हो ।

हराइरहेकामध्ये अधिकांश सो स्थानमा रहेको जलविद्युत्‌ आयोजना निर्माणमा संलग्न मजदुरहरू रहेको बताइएको छ । बाढी तीब्र गतिमा अनायासै आएकाले कसैलाई सचेत गराउन नभ्याएको स्थानीयले बताएका छन् । हालसम्म ८ जनाको शव फेला परेको छ । तीमध्ये एक जना नेपाली भएको जनाइएकाे छ । उनका अनुसार ती नेपालीको नाम र ठेगाना खुलेको छैन । मृत्यु हुने सबै तपोवनस्थित नेसनल थर्मल पावर कर्पोरेसन (एनटीपीसी) को जलविद्युत् परियोजनामा कार्यरत मजदुर हुन् ।

ऋषिगंगा जलविद्युत परियोजनाको सुरुङभित्र काम गरिहरेका ५० जना मजदुरको मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ । सुरुङमा फसेका १६ जनासहित अन्य थुप्रैलाई उद्दार गरिएको छ ।

Categorized in अन्तर्राष्ट्रिय