STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपत्यकाका थप ३१ जनासहित २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि

Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण १८, आइतबार

काठमाडौं – आज आइतबार उपत्यकामा थप ३१ जनासहित २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा संक्रमितको संख्या हालसम्म २० हजार ३ सय ३२ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३१ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। काठमाडौंका २२ , ललितपुरका ८ र भक्तपुरका १ जना गरी कुल ३१ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले पुष्टि गरेको हो। कुल संक्रमितमध्ये ५ हजार ६ सय ७२ वटा सक्रिय केशहरु छन् । पछिल्लो २४ घण्टामा १ सय ११ जना डिस्चार्ज भएका छन् । योसंगै हालसम्म १४ हजार ६ सय ३ जना संक्रमित उपचार पछि निको भएका छन् । आइतबारसम्म प्रदेश १ मा २५१ जना, प्रदेश २ मा २ हजार १ सय ७५ जना, बागमती प्रदेशमा ६०६ जना, गण्डकी प्रदेशमा २८७ जना, प्रदेश ५ मा ३९६ जना, कर्णाली प्रदेशमा २९३ जना र सुदूरपश्चिम प्रदेशमा १ हजार ६ सय ६४ जना रहेका छन्। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १११ जनाले कोरोना जितेर घर फर्किएका छन्। योसहित कोरोना जित्नेको कुल १४ हजार ६०३ पुगेको छ। मन्त्रालयका प्रवक्ता डा. गौतमकाअनुसार पछिल्लो २४ घण्टामा ८ हजार ८ सय ६१ जनाको पीसीआर नमुना परीक्षण भएका छन्। क्वारेन्टाइनमा रहनेको संख्या १० हजार ९३४ पुगेको छ। यस्तै मन्त्रालयका अनुसार आइसोलेसनमा ५ हजार ३ सय ६२ जनाको उपचार भइराखेको छ ।
Categorized in राष्ट्रिय