उपत्यकाका ६४५ सहित १३१३ जनामा संक्रमण, कुल संक्रमित ७० हजार नाघ्याे
Janjati Khabar – जनजाति खबर | २०७७ आश्विन ९, शुक्रबार
काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६४५ जनामा संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका ५०३, भक्तपुरका ५१ र ललितपुरका ९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।
यसैगरी पछिल्लो २४ घण्टामा १३ सय १३ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या ७० हजार ६१४ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
यसैगरी कोरोनाबाट २ जनाको मृत्यु भएकाे छ । काठमाडौंमा ७५ वर्षीया महिला र ललितपुरमा ५१ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोनाबाट हालसम्म ४५९ जनाको मृत्यु भएको छ। बिहीबार मात्रै उपत्यकामा कोरोनाबाट ६ जनाको मृत्यु भएको थियो।
हाल १८ हजार २८९ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा ८ हजार २३७ जना रहेका छन् भने होम आइसोलेसनमा १० हजार ५२ जना छन्। यस्तै क्वारेन्टाइनमा ६ हजार ४६४ जना रहेका छन्।
मन्त्रालयका अनुसार नेपालमा २४ घन्टामा १२ हजार २६२ पीसीआर परीक्षण गरिएको छ। पछिल्लो २४ घण्टामा १ हजार ४५५ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ५१ हजार ८६६ पुगेको छ।
मन्त्रालयका अनुसार आइसीयूमा २२७ र भेन्टिलेटरमा ३९ जनाको उपचार भइरहेको छ।
Categorized in राष्ट्रिय