उपत्यकाका ९ जना सहित थप १५० जनामा कोरोना संक्रमण
Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण ६, मंगलबार
काठमाडौं । काठमाडौं उपत्यकाका ९ जना सहित मंगलबार थप १५० जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ८ जना र ललितपुरमा १ जना संक्रमित भेटिएका छन् । उनीहरु कहाँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबारसम्म कोरोना भाइरस संक्रमितको संख्या १७ हजार ९९४ पुगेको छ ।
त्यस्तै मंगलबार ६०९ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या हालसम्म १२ हजार ४७७ पुगेको छ ।
Categorized in राष्ट्रिय